९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कानून समितिकी सभापति सुवेदीले संसदीय समितिको गरिमा कायम राख्न सक्नुभएन: एमाले सचेतक बर्तौला

कानून समितिकी सभापति सुवेदीले संसदीय समितिको गरिमा कायम राख्न सक्नुभएन: एमाले सचेतक बर्तौला
file photo
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीको आलोचना गर्नुभएको छ ।

सरकारसँग संयोजनकारी भुमिका खेल्न नसकेको भन्दै सचेतक बर्तौलाले सो समितिकी सभापति सुवेदीमाथि प्रश्न उठाउनुभएको हो । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले आफूले भक्तपुरको बाल गृह, अपराधिलाई आम माफी दिने सरकारको निर्णय र जिल्ला न्यायाधीश नियुक्ती प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलार्ई समितिमा बोलाएर जानकारी लिन गरिएको आग्रहलाई किन आत्मासाथ नगरेको भनि सभापति सुवेदीलाई प्रश्न गर्नुभयो ।

सचेतक बर्तौलाले ती तीन वटै गम्भिर विषयमा समितिमा आएर जवाफ दिने कुरामा गृहमन्त्री श्रेष्ठले अटेर गरेको हो कि, तपाईले संयोजनकारी भुमिका खेल्न नसक्नु भएको भनि प्रश्न गर्नुभयो । उहाँले सरकारको समग्र कामलाई अनुगमन गर्ने संसदीय समितिको क्षेत्राधिकार भएकाले सो विषयमा गम्भिर भएर काम गर्न पनि सभापति सुवेदीको ध्यानाकर्षण गराउनु भयो ।

सचेतक बर्तौैलाले भन्नुभयो, ‘हाम्रो समितिको गरिमाप्रति अब प्रश्न उठ्नसक्छ भन्ने लाग्छ । किनभने हामीले यो समितिबाट उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्छ कि पर्दैन ? सरकार सदनमा उपस्थित हुनुपर्छ कि पर्दैन ? यो प्रश्न सृजना भयो । या त माननीय सभापतिज्युले संयोजन गर्न त्यो सामथ्र्य राखिरहनुभएको छैन । या त यहाँले त्यो प्रकारको योग्यता प्रर्दशन गर्ने कुरामा यहाँलाई गाह्रो भइराखेको छ । या त सरकारले अटेरी गरिराखेको छ । त्यो दुई वटा कुरा भन्दा बाहेक अरु केही पनि होइन । किनभने यहाँ मैले तीन वटा विषय तीन पटक गरी आज पनि बोल्दैछु माननीय सभापतिज्यु । निकै लामो समय दुई अढाई महिना भईसक्यो । भक्तपुरमा त्यहाँको बाल सुधार गृहमा भएको घटना, एउटा बालक मृत्यु भएको विषय । त्यस सम्बन्धमा तीन पटक गृहमन्त्रीलाई बोलाएर त्यहाँको घटनाबारे के हो, त्यहाँको बाल सुधार गृहमा भएका विषयहरु के हुन् ? त्यहाँको मानव अधिकार, व्यवस्थापनको विषय के हो भन्ने कुरा त पटक पटक बैठकमा राख्यौं ।’

‘एक जना सांसदले यो देशको गम्भिर विषयमा पटक पटक विषय राख्दा समेत सदनमा गृहमन्त्री किन जवाफ दिन तयार हुनुहुन्न ? यो गम्भिर विषयमा सभापति महोदय फेरि पनि म गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले कि त कानून, न्याय तथा मानव अधिकार समितिलाई हेपिरहेको छ । अटेर गरिरहेको छ । जवाफ दिनेकुरा उसले सहज मान्दैन । कि त्यो भन्न पर्‍यो । होइन भने पटक पटक यो विषय उठदा । दोस्रो कुरा, मैले गम्भिरतापूर्वक कुरा उठाएको थिए–सिंगो देशको ध्यानाकर्षण भएको छ । असोज ३ गते संविधान दिवसको समयमा अवसरमा पारेर संविधानलाई च्यातेर जुन प्रकारको आम माफीको, कैद मिनाहाको प्रसंग उठ्यो । त्यो विषयमा पनि त्यहाँको सन्दर्भमा भएको विषय के हो ? गृह मन्त्रालय तहबाट उठेको विषय के हो ? भएको सन्दर्भ के हो ? सम्माननीय राष्ट्रपतिज्यूलाई जुन प्रकारले विवादित गर्ने कुरा र प्रकारान्तरमा व्यवस्थामाथि नै आक्रमण हुने जुन प्रक्रियाहरु, श्रृखंलाहरु आरम्भ हुन खोजेको छ ।’

‘यसको बारेमा सरकारले जवाफ दिनुपर्दैन ? यसको बारेमा भएको विषय समितिमा आएर जानकारी गराउन सरकार किन तयार हुँदैन ? त्यसकारण यो दोस्रो विषय । तेस्रो विषय–न्यायाधीश नियुक्ति प्रकरण । जिल्ला न्यायाधीशको विषय । हामीले अस्ती बैठकमा विषय राख्यौं । उपयुक्त समयमा न्याय परिषद्लाई बोलाएर त्यसबारेमा जानकारी गराउने भनियो । यी विषयमा हामी किन ख्याल गर्दैनौं ? त्यसकारण सांसदले बोलेको मूल्य हुन्छ कि हुँदैन ? समितिक वेटेज हुन्छ कि हुँदैन ? समितिमा विषय राख्ने कि नराख्ने ? माननीय सभापति महोदय । त्यसकारणले गर्दा हामीले समितिमा सरकारका समग्र कामहरुको बारेमा ओभरसाईट गर्ने हाम्रो क्षेत्राधिकार हो । त्यो हाम्रो दायित्व हो । त्यसकारणले गर्दा यो कुरामा कि त सरकारले अटेर गरिरहेको छ । यात माननीय सभापतिज्युले प्रभावकारी संयोजन गर्न सकिरहनु भएको छैन । त्यसकारण मेरो यो आजको बैठकमा यस विषयमा गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । अब पर्सीदेखि हाउस बन्द हुने । अनि दशैँ, तिहारको बिदा हुने । कुनैपनि सवाल उठेको थियो, अनि बीचैमा हराएर जाने यस्तो नहोस् भन्नेतर्फ म गम्भिरताका साथ फेरी ध्यानाकर्षण गराउन चाहन्छु ।’

बैठकमा बर्तौलाले सरकारले संसद र संसदीय समितिलाई अटेर गर्न नमिल्ने दोहोर्‍याउनु भयो ।