३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको हवाई आक्रमणमा यसरी बचिन् अमेरिकी पत्रकार



अ+ अ-

एजेन्सी । प्यालेस्टाइनको आतंककारी संगठन हमासले इजरायलमा प्रवेश गरेपछि सडकमा खुलेआम गोली चलाएको छ र हवाई हमला पनि गरेको छ । जसमा हालसम्म करिब ९०० इजरायली नागरिकको मृत्यु भइसकेको छ ।

यस हमलाको डरले मानिसहरु घरभित्र लुक्न बाध्य भएका बेला अमेरिकी न्यूज च्यानल रिपोर्टर र उनको टोलीले यो आक्रमणलाई नजिकबाट नियालेका छन् । हमासले गरेको यो आक्रमणको उल्लेख गर्दै उनले आफ्नो कथा सुनाएका छन् ।

अमेरिकी समाचार च्यानल सीएनएनका लागि प्रमुख अन्तर्राष्ट्रिय संवाददाता क्लारिसा वार्ड लाइभ खण्डको बीचमा थिइन जब उनले रकेटको ठूलो आवाज सुनिन् । आवाज सुन्नेबित्तिकै उनी आफ्ना तीन साथीहरूसँग सडकको छेउमा गएर लुकेर बसिन् । यसै क्रममा क्यामेराम्यानले ‘ठीक छ, ठीक छ’ भन्दै गरेको सुनियो ।

संवाददाता वार्डले आफ्नो अवस्थाको लागि सीएनएन टोलीसँग माफी मागिन् र त्यहाँको दृश्य वर्णन गरिन् । उनले भनिन्, ‘हामीले यहाँ ठूलो संख्यामा रकेट आएको देखिरहेका छौँ । यो हामीबाट टाढा छैन, त्यसैले हामी लुक्न सडकको छेउमा आउनुपरेको थियो । अमेरिकी संवाददाताले भनिन् कि उनीहरू रकेटबाट पाँच मिनेट मात्र टाढा थिए ।

उनले अगाडि भनिन्, ‘उनीहरूले इजरायलको सिमाना पार गर्ने क्रममा यही बाटोबाट आक्रमण सुरु गरे । आतंकवादीहरू जहाँ गए पनि सिसा छर्किरहेको आवाज आउँथ्यो ।’ उनले एउटा ट्रकलाई पनि औंल्याइन् जसलाई पछि इजरायली सेनाले लगेको थियो ।