काठमाडौं । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत मलेसिया र नेदरल्यान्ड्स बीचको खेल वर्षाको कारण रद्ध भएको छ । बुधबार कीर्तिपुर मैदानमा जारी खेल वर्षाका कारण बीचमै रद्ध हुन पुगेको हो ।
आजको खेलमा मलेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । यदि आजको खेलमा मलेसियाले नेदरल्यान्ड्सलाई पराजित गरेमा फाइनल पुग्ने टोलीको टुंगो लिग चरण अन्तिम खेल अर्थात् नेपाल र मलेसियाको खेलले निर्धारण गर्नेछ ।
तर नेदरल्यान्ड्स विजयी भएको खण्डमा भने नेपाल र नेदरल्यान्ड्स फाइनल पुग्ने पक्का हुन्छ ।
यसअघि मंगलबार नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित हुन पुगेको थियो ।











