• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

राष्ट्रियसभाको बैठक शुक्रवारसम्मको लागि स्थगित



काठमाडौं । राष्ट्रियसभाको बैठक शुक्रवारसम्मको लागि स्थगित भएको छ ।

आज बिहान ११:०१ बजे बस्ने गरी निर्धारण भएको बैठक शुक्रवारसम्मको लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा‍। भरतराज गौतमले जानकारी दिए ।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

संसद् सचिवालयको अनुसार राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नसक्ने भएकाले अध्यक्ष गणेश तिमल्सिनाले बैठक शुक्रवार बिहान ११:०१ बजे बस्नेगरी स्थगित गरेका हुन् ।