२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जाकिर हुसेन अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु



अ+ अ-

मुम्बईः भारतको महाराष्ट्र राज्यको नासिक स्थित जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्याँक लिक भएर २२ जना बिरामीको मृत्यु भएको छ ।

कोरोनाभाइरस सङ्क्रमितको पनि उपचार हुने उक्त अस्पतालमा भएको यस घटनामा मृत्यु हुनेहरु अधिकांश भेन्टिलेटरमा उपचार गराइरहेका कोरोना सङ्क्रमित रहेको जिल्ला कलेक्टर सुरज मान्धारेले बताउनु भएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले अक्सिजन लिक भएर अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्यु हुनु दुःखद रहेको बताउनु भएको छ ।

बिरामीलाई दिइरहेको अक्सिजन झण्डै आधा घन्टासम्म चुहिएपछि बिरामीमा अक्सिजन कमी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा बढी महाराष्ट्र राज्यमा देखिएको छ । यहाँका अस्पतालहरु सङ्क्रमित बिरामीले खचाखच भरिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार नयाँ सङ्क्रमित देखिएका छन् भने एकै दिन दुई हजारभन्दा बढीको मृत्यु भएको छ । (एएनआई)