काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
थपिएकामध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











