८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा यी ५ कुरा देख्नुभयो भने बुझ्नुहोस् शुभ समय आउनै लागेको छ



अ+ अ-

एजेन्सी । सुतिरहेको बेला सपना देख्नु सामान्य कुरा हो र सबैले पक्कै पनि सपना देख्छन् । केही सपनाहरू हामी उठ्ने बित्तिकै बिर्सन्छौं र केही सपनाहरू हाम्रो दिमागमा दिनभर रहन्छन् । धेरै पटक हामी सपनाको अर्थ जान्न उत्सुक हुन्छौं । तर के तपाईलाई थाहा छ हरेक सपनाको पछाडि राम्रो वा नराम्रो संकेत लुकेको हुन्छ ? हो, सपना विज्ञानका अनुसार हरेक सपनाले केही न केही बोल्छ र सपनामा देखिएका कुराले तपाईको भविष्यलाई संकेत गर्छ ।

जानौं यस्ता ५ सपनाका बारेमाः
सपनामा धेरै पानी परेको देख्नुभयो भने यो शुभ संकेत हो । सपना विज्ञानका अनुसार यो सपनाको अर्थ तपाईको जीवनमा रहेको आर्थिक समस्या छिट्टै समाप्त हुँदैछ । यसका साथसाथै आम्दानीका नयाँ स्रोतहरू पनि उपलब्ध हुनेछन् र आम्दानीमा वृद्धि हुनेछ ।

सपना विज्ञानका अनुसार यदि कुनै व्यक्तिले सपनामा सेतो हात्ती देखेमा यो राम्रो समयको संकेत पनि हो । यो सपनाले तपाईलाई छिट्टै आर्थिक लाभ हुने बताउछ जसले तपाईको भाग्य बदल्नेछ ।

धेरै पटक हामीले सपनामा मन्दिर देख्छौं र सपना विज्ञानका अनुसार मन्दिर देख्दा पनि विशेष संकेत मिल्छ । यदि कसैले सपनामा मन्दिर देख्यो भने यो निकै शुभ मानिन्छ । यसको अर्थ कुबेर भगवानले तपाईमाथि आशिर्वाद दिनुहुनेछ र तपाईलाई आर्थिक समस्याबाट मुक्ति मिल्नेछ ।

सपनामा कमिला देख्नु पनि शुभ मानिन्छ । यो सपनाले आगामी दिनमा तपाईको सबै काम सफल हुने संकेत गर्दछ । लामो समयदेखि रोकिएको कुनै काम पूरा हुनेछ र कतै अड्किएको पैसा छिट्टै फिर्ता हुनेछ ।

यदि कुनै व्यक्तिले सपनामा आफूलाई रुखमा चढेको वा उचाइमा चढेको देखेमा यो सपना पनि शुभ मानिन्छ । सपना विज्ञानका अनुसार यो सपनाको अर्थ तपाईको कार्यक्षेत्रमा पदोन्नति हुन लागेको हो । व्यापार गर्नुहुन्छ भने आगामी दिनमा नाफा कमाउनुहुनेछ ।