२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले सत्ता गठबन्धनसँग छलफल गरेरमात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सर्वदलिय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने भएको छ ।

सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने निर्णय भएको हो ।

त्यस्तै संशोधन प्रश्ताव दर्ता अघि सत्तारुढ गठबन्धनका दलहरुसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उहाँले बताउनु भयो । त्यसैगरी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवले असोज २७ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उहाँले बताउनु भयो । संसदको चालु अधिवेशन अन्त्यपछि सांसदहरुले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरु जनतालाई जानकारी दिन पनि भनिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विद्यालय शिक्षा ऐनबारे हिजोदेखि संशोधन राख्नको लागि ७२ घण्टाको समय सुरु भइरहेको छ । त्यो संशोधन कसरी राख्ने ? त्यसका बारे आज मुख्य छलफल थियो । प्रधानमन्त्रीले सर्वदलिय बैठक, सबै प्रमुख सचेतकहरुलाई लाई पनि प्रधानमन्त्री कार्यालयमा बोलाउनुभएको छ । त्यसैमा नेपालको विद्यालय शिक्षालाई कसरी लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल हुन्छ । त्यहाँपनि मोटामोटी विषयवस्तुहरु अगाडी बढ्छन् ।

त्यसबाट के निचोड निस्किन्छ त्यसको आधारमा हामी अझै सत्तापक्षका सबै गठबन्धन दलहरुसँग कुराकानी गरेर यसमा हामीले संशोधन राख्नुपर्छ भन्ने कुरा भएको छ । संशोधनहरुले माननीयहरुले आ–आफ्नो ठाउँबाट पनि राख्ने । समितिमा व्यापक छलफल गर्दा थप कुरा गर्दै जाउँला भन्ने कुरा भयो । संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउँदै हुनुहुन्छ । उहाँले २७ गते शनिवार ४ बजे संघीय संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । त्यसमा सहभागिता जनाउने कुरा भयो । दोस्रो अधिवेशनको अन्त्य पछि माननीयहरु आ–आफ्नो कार्यक्षेत्रमा जानुपर्ने हुन्छ, जनतासँग जोडिने, सरकारले गरेका कामहरुका बारेमा जनतालाई जानकारी दिने र जनताको टिप्पणी लिएर फेरी सदनमा प्रश्तुत हुने भनिएको छ ।’

प्रमुख सचेतक पाण्डेले बैठकले इजरायलमा निधन भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको बताउनु भयो । घटनामा परि घाइते भएकाहरुको उपचार, नेपाल फर्किनेहरुलाई नेपाल फर्काउन र शव ल्याउनका लागि पहलकदमी लिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।