२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नक्कली पिसिआर प्रकरणः दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्याउँथे

नक्कली पिसिआर प्रकरणः दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्याउँथे
अ अ+ अ-

काठमाडौं । “कोरोना परीक्षणको पिसिआर रिपोर्ट घण्टाघण्टामा बन्न कसरी सम्भव छ, सक्कली हो कि नक्कली हो हेर्नुपर्यो”, यही बाक्य बोल्दै महानगरीय अपराध महाशाखामा एक व्यक्ति आइपुगे । उक्त शङ्कास्पद कुरा सुनेपछि महाशाखाको ध्यानाकर्षित भयो । प्रहरीले तत्कालै विशेष टोली तयार पारेर अनुसन्धानमा खटायो । खटाएको एक हप्ताको अपरेशनमा कैफियत फेला परेपछि मङ्गलबार प्रहरीले काठमाडौँको सिनामङ्गलबाट आठ जनालाई पक्राउ ग¥यो । उक्त नक्कली धन्दामा सुरिया हेल्थकेयर प्राली र मेरिट मल्टिकेयर मेडिकल सेन्टर संलग्न रहेको पाइएको छ । 

“उनीहरुले होटल, घरमा पिसिआर रिपोर्ट डेलिभरि गर्ने गरेका रहेछन्, छिटो बनाउन बार्गेनिङ गर्ने, छिटो बनाइदिन आग्रह पनि गर्ने रहेछन्”, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले भन्नुभयो, “त्यसपछि डेढ/दुई घण्टामा रिपोर्ट बोकेर घरमै पुग्दा रहेछन् ।” 

स्वाब सङ्कलन गरेर रिपोर्ट तयार पार्न सामान्य प्रक्रिया गर्दा पनि केही घण्टा लाग्छ । यती छिट्टै रिपोर्ट बनाएर घरमै पु¥याउने भएपछि शङ्का लागेर अनुसन्धान शुरु गरेको खापुङले बताउनुभयो । एक हप्ताको अनुसन्धानले उनीहरुको गतिविधि पुष्टि भयो । उनीहरु पक्राउ परेका हुन् र मुख्य गरी उनीहरुले हवाई यातायात प्रयोग गर्नेलाई केन्द्रित गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगारमा जानेलाई यसरी बढी नक्कली रिपोर्ट बनाइएको फेला परेको छ । आज मात्रै प्रहरीले त्यस्ता नक्कली रिपोर्ट बोकेर विदेश जान लाग्ने १७२ यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ पनि गरिसकेको छ । 

प्रहरीका अनुसार स्वाब सङ्कलन गर्ने एउटा समूह छुट्टै दलालका रुपमा प्रयोग भएको पाइएको छ । “कतिपयको स्वाब नै नलिइ बनाइदिने र कतिपय नेगेटिभ आएका मान्छेको स्वाब लगेर रिपोर्ट तयार पार्दा रहेछन्”, एसएसपी खापुङले थप्नुभयो, “स्वाब नै अर्कै मान्छेको हालिदिने ।” प्रहरीका अनुसार उनीहरुले लामो समयदेखि उक्त नक्कली धन्दा गरेको हुनसक्ने आशङ्कामा अनुसन्धान जारी राखिएको छ ।  

यसरी पक्राउ परे विदेश जान ठिक्क परेका १७२ यात्रु विशेष सुराकीका आधारमा गएको प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउँदै गर्दा काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालीका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टिकेयर मेडिकल सेन्टर प्रालीका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितका समूह फेला पारेपछि प्रहरी अझै सक्रिय भएर खोजीमा लागेको थियो । 

उनीहरुमाथिको अनुसन्धानबाट आएको विवरणका आधारमा आज विमानस्थलमा आपसी समन्वयमा प्रहरीले खोजी अभियान चलाउँदा १७३ जना त्यस्तै नक्कली रिपोर्ट बोक्ने फेला परे । उनीहरु विभिन्न देश जान लागेका यात्रु हुन् ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १२२ जनालाई भित्र बोर्डिङ पास लिएर जाँदै गर्दा पक्राउ गरिएको र थप ५० जनालाई विमानस्थल जाँदै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामा ६८ भारतीय, दुई पाकिस्तानी र १०६ नेपाली छन् । सलाम एयर, जजिरा एयर र एयर अरेबियाबाट उनीहरु विभिन्न मुलुक जाँदै थिए । ती समूहले रु नौ हजार पैसा लिएर पिसिआरको प्रमाणपत्र बनाइदिएको फेला प्रहरीको अनुसन्धानमा खुलेको छ । अधिकांश वैदेशिक रोजगारमा जाने रहेका पाइएकाले पनि अनुसन्धानका लागि विमानस्थल पहिलो प्राथमिकतामा परेको थियो । पक्राउपर्ने सबै त्यही हेल्थकेयरको रिपोर्ट बोकेर पुगेका बताइएको छ । 

प्रहरीले मङ्गलबार सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालीबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी पिसिआर टेष्ट नेगेटिभ भनी उल्लेख भएका चार थान रिपोर्ट फेला पारेको थियो । त्यसपछि नक्कली धन्दा बाहिर आएको हो । 

यसअघि पनि पटकपटक यस्तो सुनिएको र केहीलाई प्रहरीले पक्राउ गरेको भए पनि यती धेरैमात्रामा गिरोह सक्रिय छन् भन्ने कुरा भने बल्ल मात्रै बाहिर आएको प्रहरीले जनाएको छ । उक्त समूहले यसअघि पनि धेरैलाई यसैगरी नक्कली काम गरेर पैसा असुलेको प्रहरीको आशङ्का छ ।  

नक्कली धन्दामा सहभागी भएका झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने वर्ष ४५ का प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङको विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भइ चाबहिल बस्ने वर्ष २२ का सरोज क्षेत्री, सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंहलाई पक्राउ गरी अनुसन्धान जारी रखिएको छ ।
  
प्रहरीले रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको छ । 

-नारायण ढुङ्गाना