६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्र बैंकको पछिल्लोे निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायो: अध्यक्ष ढकाल

राष्ट्र बैंकको पछिल्लोे निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायो: अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भएपनि मनोवल बढ्ने आशा जगाएको बताउनुभएको छ ।

आईतवार नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरुलाई ढिलै भएपनि बुझ्ने कोशिस गरेको बताउनु भयो । उहाँले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरेपनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताउनु भयो ।

उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरुको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सबै मिल्नुको विकल्प नभएको बताउनु भयो । उहाँले नेपालको जनसंख्याको १ प्रतिशत मानिसहरु पुँजीबजारमा आवद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कोभिडपछि सहज रुपमा बैंकबाट कर्जा लिएको कारण अर्थतन्त्रमा समस्या आएको हामीलाई आरोप छ । तर वास्तविकतामा त्यस्तो होइन । सहज रुपमा कर्जा पाउँदा सहज रुपमा खर्च भयो होला । बैंकहरुले त्यो बेला सहज रुपमा कर्जा विस्तार गर्ने र नियमनकारी निकायहरुले पनि नियमन गरेका नै हुन् । त्यो दोष निजी क्षेत्रलाई मात्रै दिन मिल्दैन । अर्थतन्त्रमा जुन चुनौति र समस्या आयो त्यसमा सबै पक्षको दोष छ । सरकार,नियमनकारी निकाय राष्ट्र बैंक र निजी क्षेत्र मिलेर अहिलेको समस्या भन्दा बाहिर आउनुपर्छ । अहिले मानिसहरुको मनोबल कमजोर भएको अवस्था छ ।’

‘राष्ट्र बैंकको नीति आज एउटा आयो भोलि अर्को कस्तो आउने हो भन्ने व्यवसायीहरुलाई त्रास भइरहेको अवस्था छ । उद्योगी व्यवसायीहरुको मनोबल बढाउनको लागि प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिँदै आएका छौं । निजी क्षेत्रले दिएका सुझावहरु पहिला सुनिएन तर अहिले निजी क्षेत्रले दिएका सुझावहरु निजी क्षेत्रको स्वास्र्थको लागि मात्रै होइन रहेछन् भन्ने कुरा सरकार र राष्ट्रले अहिले आएर बुझ्न थालेको छ । त्यसैले अर्थतन्त्रलाई पहिलाकै लयमा फर्काउनको लागि एउटै एजेण्डा लिएर अगाडि बढ्नुपर्छ । नेपालको जनसख्याको १ प्रतिशत ६० लाख मानिसहरु शेयर बजारमा आवद्ध छन् । ६० लाख आवद्ध भएको व्यवसायलाई सरकारले इग्नोर गर्न मिल्दैन । राष्ट्र बैंकले केही दिन पहिला राष्ट्र बैंकले पुँजीबजारका विषयमा गरेको निर्णय गलत रहेछ भन्ने लागेर परिमार्जन भएको छ । नीति परिमार्जन भएसँगै आशा जगाउने काम भएको छ ।’

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय भएकाले उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको बताउनु भयो। उहाँले सरकारले घरजग्गा व्यवसायीहरुलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्नुपर्छ । यो व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय हो । जसले विश्वलाई सहरीकरण गर्ने काम गर्छ । यसले नेपाललाई शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको छ । यसलाई जुन किसिमले हेलचेक्राँई गर्ने प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम उपयुक्त भएन । घरजग्गा व्यवसायलाई सरकारले हेर्ने देष्टिकोण परिवर्तन गर्नुपर्छ । घरजग्गा व्यवसायलाई व्यक्तिगत कर्जामा लोन टु भ्यालु ५० प्रतिशत र शेयर कारोबारमा व्यक्तिगत १५ र संस्थागत २० करोड बनाएको छ । राष्ट्र बैंकले जति पनि गरिरहेको छ त्यो खुद्रे हिसाबले गरिरहेको छ । उद्योग र घरजग्गा व्यवसायीहरुको लागि हकबन्दी लागू गर्नु हुँदैन ।’

त्यस्तै,नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताउनु भयो । उहाँले अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले यस क्षेत्रलाई २०८४ सम्ममा अनिवार्य प्रत्यक्ष लगानीका लागि यति प्रतिशत लगानी गर भन्ने निर्देशन आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले यस क्षेत्रमा प्रत्यक्ष ३ प्रतिशतको हाराहारीमा लगानी भएको पाइन्छ । यसअघि राष्ट्र बैंकले रियल इस्टेट क्षेत्रमा १० प्रतिशत र हाउजिङमा १५ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था गरेको थियो तर त्यो लागू छ वा छैन थाहा छैन । अब अर्थतन्त्र चलायमान बनाउने हो भने सरकारले २०८४ सम्ममा रियल इस्टेट क्षेत्रमा ५ प्रतिशत र हाउजिङमा ५ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन जारी गर्नुपर्छ । सरकारले तोकेको अवधिभन्दा लगानी बढी भएको अवस्थामा नियामक निकायले कडाइ गर्नसक्छ । सरकारले ३० प्रतिशतको अनुपातलाई ५० प्रतिशत पुर्‍याएको छ । त्यसमा घर कर्जामा ६० प्रतिशत पुर्‍याइएको छ । राष्ट्र बैंकले कारोबार बढाउन ७० प्रतिशत हुनुपर्ने माग हो । उक्त व्यवस्था नहुँदासम्म कारोबारले गति लिनेछैन ।’

उहाँले सरकारले प्रत्यक्ष लगानीको निर्देशन दिने हो भने बजारमा १० खर्ब रकम आउने र अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभयो। उहाँले अहिले घरजग्गा बिक्री नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो। उहाँले राष्ट्र बैंकको निर्देशनले कर्जाको अनुपात बढाएको तर उक्त व्यवस्थाले कारोबारमा कुनै प्रभाव नपर्ने बताउनु भयो ।