२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी पाँच खेलाडीका कारण भारतले अष्ट्रेलियाविरुद्ध हारिसकेको खेल जित्यो



अ+ अ-

एजेन्सी । भारतीय टोलीले विश्वकप २०२३ मा आफ्नो अभियानको विजयी सुरुवात गरेको छ । आइतबार भएको पाँचौं खेलमा रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले अस्ट्रेलियालाई ५२ बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो । यद्यपि, भारतीय टोलीको जित सहज थिएन ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको खेलमा भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई १९९ रनमा अलआउट गरेको थियो । तर यसपछि भारतको सुरुवात पनि खराब रह्यो । इशान किशन, कप्तान रोहित शर्मा र श्रेयस अय्यरले खाता पनि खोल्न सकेनन् । भारतले मात्र २ रनमा तीन विकेट गुमाएको थियो ।

त्यसपछि विराट कोहलीले क्याच छुट्यो, जसले भारतीय फ्यानहरूको मुटुको धड्कन बढायो । यहाँबाट कोहली र केएल राहुलले ट्रबलशुटरको भूमिका खेल्दै भारतलाई जितको नजिक पुर्‍याए । यसरी रोकिएको खेल भारतले जित्यो । टीम इन्डियाको जितका ५ नायक को हुन्, यहाँ चर्चा गरौँ ।

१. केएल राहुल – भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान केएल राहुल खेलको प्लेयर अफ द म्याच चुनिए । राहुलले भारतको नाजुक अवस्थालाई सम्हाले र म्याच जित्ने इनिङ्स खेले । राहुलले ११५ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ९७ रन बनाए । उनले विराट कोहलीसँग चौथो विकेटका लागि १६५ रनको साझेदारी गरे । टोलीलाई जित दिलाएपछि मात्रै राहुल फर्किएका थिए ।

२. विराट कोहली – भारतीय टोलीका रन मेसिन विराट कोहलीले फेरि एकपटक आफूलाई महान ब्याट्सम्यान किन भनिन्छ भन्ने प्रमाणित गरेका छन् । टीम इन्डियालाई कठिन परिस्थितिबाट निकाल्न कोहलीको ठूलो भूमिका थियो । दायाँ हाते ब्याट्सम्यानले ११६ बलमा ६ चौकाको मद्दतले ८५ रन बनाए । कोहलीले जीवनदानको फाइदा उठाए र खेल अष्ट्रेलियाको पहुँचबाट बाहिर लगे । यस कोहली–राहुलको साझेदारीलाई फ्यानले लामो समयसम्म भुल्न सक्ने छैनन् ।

३. रविन्द्र जडेजा – चेन्नईको पिचमा जडेजाले आफ्नो अद्भुत स्पिन देखाउँदै तीन अष्ट्रेलियन ब्याट्सम्यानको शिकार गरे । जडेजा भारतका सबैभन्दा सफल बलर थिए । बायाँ हाते स्पिनरले १० ओभरमा दुई मेडनसहित २८ रन दिएर तीन विकेट लिए । जडेजाले स्टिभ स्मिथ, मार्नस लाबुस्चेन र एलेक्स क्यारीको महत्वपूर्ण विकेट लिएर अष्ट्रेलियालाई ब्याकफुटमा धकेले ।

४. कुलदिप यादव – भारतको जितमा भारतका ‘चाइनाम्यान’को पनि महत्वपूर्ण भूमिका थियो । कुलदीप यादवले १० ओभरमा ४२ रन दिएर दुई विकेट लिए । कुलदीपले जोडी ब्रेकरको भूमिका निर्वाह गरेका थिए । उनले डेभिड वार्नर (४१)को आफ्नै बलमा क्याच लिए । स्मिथ र वार्नरबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो । त्यसपछि कुलदीपले ग्लेन म्याक्सवेल (१५) लाई आउट गर्दै अष्ट्रेलियन टोलीको अवस्था कमजोर बनाए ।

५. जसप्रीत बुमराह – भारतीय टिमका फास्ट बलर जसप्रित बुमराहले अस्ट्रेलियाको सुरुवात नै बिगारेका थिए । बुमराहले मिचेल मार्सलाई खाता खोल्न पनि दिएनन् । यसपछि बुमराहले अस्ट्रेलियाका कप्तान प्याट कमिन्स (१५)लाई आफ्नो दोस्रो शिकार बनाए । जसप्रित बुमराहले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए ।