२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले दियो भारतलाई २०० रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा अष्ट्रेलियाले भारतलाई २०० रनको लक्ष्य दिएको छ ।

चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै १९९ रन जोड्यो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन जोडे ।

यस्तै, डेभिड वार्नरले ४१, मार्कुस लाबुसेनले २७, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १५–१५ रन जोडे भने मिचल स्टार्कले २८ रन जोडे । मिचेल मार्स र एलेक्स केरी खाता नखोली पेभिलियन फर्किए ।

भारतका लागि रविन्द्र जडेजाले तीन विकेट लिए भने कुलदीप यादव र जासप्रित बुमराहले दुई–दुई विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रविचन्द्रन अश्विनलाई एक–एक सफलता मिल्यो ।