२३ श्रावण २०८३, शनिबार
,
Latest
मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत विधेयकमा एमालेको आशंका– कतैबाट प्रेरित बन्न पुग्यो की



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रश्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उहाँले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको हो । उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउनु भयो । उहाँले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरिपनि सोझै सम्झौतामार्फत ५ मेघावाट विद्युत सम्मपनि दिन सकिने गरी प्रावधानपनि राखिएको छ । यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ । यस्ता अनेकन विषयमा प्रष्टता हुन जरुरी छ ।

यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसदमा विधेयक प्रश्तुत गरिएको थियो । त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसदमा प्रश्तुत गरिएको थियो । ति यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ । अहिले कुनै न कुनै हिसावले यो विधेयक कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि ? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि ? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ । यद्यपी मैले आरोप लगाउन चाहँदिन । तर यो विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ । यसतर्फ गम्भिरता साथ ध्यान जाओस् ।’

उहाँले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताउनु भयो ।