• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अस्ट्रेलियाको तेस्रो विकेट पतन, स्टिभ स्मिथ ४६ रन बनाएर आउट



एजेन्सी । भारत र अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको खेल आइतबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा जारी छ । अष्ट्रेलियाको टोलीले टस जितेर ब्याटिङ थालेको छ ।

टोलीले २८ ओभरमा तीन विकेट गुमाएर ११२ रन बनाएको छ । मार्नस लाबुस्चेन र ग्लेन म्याक्सवेल क्रिजमा छन् ।

स्टिभ स्मिथ ४६ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले बोल्ड गरेका थिए । यसअघि डेभिड वार्नर (४१ रन)को कुलदीप यादवले क्याच र बोल्ड गरेका थिए ।

यता, मिचेल मार्स बुमराहको शिकार बने ।