• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

राप्रपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश



काठमाडौं । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना प्रभावशाली नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

यसरी नेकपा एमाले प्रवेश गर्ने नेताहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल हुनुहुन्छ । 

तीनै जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिचन्द्र थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।