२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवादको प्रयासलाई कमजोरीका रुपमा नलिन अध्यक्ष ओलीको चेतावनी



अ+ अ-

काठमाडौ ।  नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको आफ्नो प्रयासलाई कमजोरी रुपमा नलिन चेतावनी दिनु भएको छ ।  

बिहीबार मदननगर बल्खुमा निर्माण हुने केन्द्रीय कार्यालय, भवनको शिलान्याश कार्यक्रमलाई सम्बोधन  गर्नुहुदै प्रधानमन्त्री ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको  तर यसलाई कमजोरीका रुपमा नलिन चेतावनी दिनु भएको हो ।

बुधबार मात्र आफुले नै कारबाही गरेका बरिष्ठ नेता माधब नेपाल संग होटल मेरियटमा दुइृ घण्टा भन्दा बढी लामो छलफल गर्नुभएका अध्यक्ष ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने स्पष्ट पार्नुभयो ।  

उहाँले भन्नुभयो पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’बुधबामरको छलफलमा केन्द्रीय कार्यालय, भवनको शिलान्याश कार्यक्रम सहभागी हुन नेता नेपाललाई आग्रह गरेपनि नेपाल समूहका कुनै नेता पनि शहभागी भएनन् ।  

२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पले भत्किएको एमालेको मुख्यालय दुई बर्षमा अत्याधुनिक  रुपमा बनाउने लक्ष्य सहित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अबसर पारेर सिलन्यास गरिएको हो ।