• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विश्वकपमा भारत र अष्ट्रेलिया भिड्दै



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । आयोजक भारतले अष्ट्रेलियाको सामना गर्दैछ ।

यी दुई टोलीबीचको ‘हेभिवेट’ खेल नेपाली समयानुसा दिउँसो २ः१५ बजे सुरु हुनेछ । खेल चेन्नईस्थित एमए चिदम्बरम ‘चेपौक’ मैदानमा हुनेछ । घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै भारत जितका साथ विश्वकपको यात्रा सुरु गर्न चाहन्छ ।

अर्कोतर्फ विश्वकपको सर्वाधिक सफल टोली जसले ५ पटक उपाधि जितेको छ, अष्ट्रेलिया पनि भारतलाई उसकै मैदानमा हराउँदै जितका साथ विश्वकपको यात्रा तय गर्न चाहन्छ । दुबै टोली विश्वकपको प्रवल दाबेदार हुन् । तसर्थ आजको खेल रोमाञ्चक हुनेछ ।