२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडले ओसासुनालाई ४–० ले हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमा ओसासुनामाथि एकपक्षीय ४–० गोलको जित निकालेको हो ।

रियललाई फराकिलो जित दिलाउन जुड बेलिङहमले दुई गोल गरे भने भिनिसियस जुनियर र होसेलुले एक–एक गोल थपे ।

खेलको ९ औं मिनेटमा नै बेलिङहमले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा उनले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ३–० गोलले अघि बढाए । यस्र्तै ७० औं मिनेटमा होसेलुले गोल गर्दै रियललाई ४–० को जित दिलाए ।

जितसँगै रियल ९ खेलबाट २४ अंकका साथ शीर्षस्थानमा यथावत छ । समान खेलबाट १० अंक रहेको ओसासुना १० औं स्थानमा छ ।