३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भित्र खाओवाद बाहिर माओवाद !- डा.भट्टराई



अ+ अ-

काठमाडौं।जनता समाजबादी पार्टी संघीय परिषद्का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पूर्वदल माओवादीलाई भित्र खाओवाद बाहिर माओवाद भन्दै व्यग्यं गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सयुक्त रुपमा एमसीसी मुख्यालयलाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि डा.भट्टराईले भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद१ भएको टिप्पणी गर्नुभएको हो ।

सामाजिक संञ्जालमा ट्वीट गर्दे भट्टराईले लेख्नु भएको छ । 

भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है !