२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशद्वारा अफगानिस्तान ६ विकेटले पराजित, मिराजको दोहोरो प्रदर्शन



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए) धर्मशालामा भएको खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा १५६ रनमा अलआउट भई बंगलादेशलाई १५७ रनको लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले ३४.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

बंगलादेशका लागि नजमुल हुसेन शान्तो र मेहदी हसन मिराजले अर्धशतकीय पारी खेले । नजमुल हुसेन शान्तोले अविजित ५७ रन बनाए । मिराजले ७३ बलमा ५७ रनको पारी खेले । अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई, नवीन उल हक र फजलहक फारुकीले एक–एक विकेट लिए ।

पावरप्लेमा बंगलादेशको सुरुवात मिश्रित रह्यो । टोलीले पहिलो १० ओभरमा ४४ रन बनाए पनि दुवै ओपनरको विकेट गुमायो । तान्जिद हसन तमिम ५ रन बनाएर आउट भए भने लिटन दास १३ रन बनाएर आउट भए ।

पावरप्लेमा दुवै ओपनर गुमाएपछि बंगलादेशका नजमुल हुसेन शान्तो र मेहदी हसन मिराजले टोलीको जिम्मा लिएका थिए । उनीहरूले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे । यो साझेदारी नवीन उल हकले तोडेका थिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानको टोली ३७.२ ओभरमा १५६ रनमा अलआउट भएको थियो । ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक रन बनाए । उनले ६२ बलमा ४७ रनको पारी खेले । अजमातुल्लाह ओमरजाई र इब्राहिम जाद्रानले २२/२२ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसन र मेहदी हसन मिराजले ३–३ विकेट लिए । शोरिफुल इस्लामले दुई विकेट लिए । मुस्ताफिजुर रहमान र तस्किन अहमदले एक–एक सफलता हात पारे ।

दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल जारी

आजै दक्षिण अफ्रिका र श्रीलंकाबीच नयाँ दिल्लीमा खेल भइरहेको छ । दिवारात्रि यस खेलमा टस जितेर श्रीलंकाले दक्षिण अफ्रिकालाई ब्याटिङका लागि आमन्त्रण गरेको छ ।

दक्षिण अफ्रिकाले ३५ ओभरमा २ विकेट गुमाएर २४४ रन बनाइसकेको छ । दक्षिण अफ्रिकाका लागि विकेट किपर ब्याट्सम्यान क्विन्टन डी ककले १०० रन बनाएर आउट भएका छन् । कूल ८४ बल सामना गरेका उनले आक्रामक १२ चौका र ३ छक्का प्रहार गरेका थिए ।

क्रिजमा रास्सी भान डर डुस्सेनले पनि १०० रन बनाएर खेलिरहेका छन् । उनले १२ चौका, २ छक्का प्रहार गरेका छन् । साथै एडेन मार्करम पनि २४ रनमा छन् ।