• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन

सखुवानानकारकट्टीका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ



प्रतीकात्मक तस्बिर

लहान । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ । पक्राउ परेका यादवकोे साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।

आगलागीमा रु १५ लाख क्षति

विद्युत् चुहिएर आज बिहान सिरहाको मिर्चैया नगरपालिका–६ जीवामा आगलागी हुदाँ करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

आगलागीबाट स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका भाँडाकुँडा, फर्निचर, खाद्यान्नलगायतका सबै सामान जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउत घाइते भएको बताइएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा कार र विङ्गर आपसमा ठोक्किँदा आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१ज ८८८५ नंको टाटा विङ्गर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१–०२२च२५३६ नंको कार आपसमा ठोक्किँदा कारमा सवार दुई र विङ्गरमा सवार पाँच यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस