२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र

रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र
अ अ+ अ-

–सुशीला रेग्मी

रामपुर । पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थल पाल्पा, रामपुरको रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण थालनी गरिएको छ । त्रेतायुगमा भगवान् रामचन्द्र वनवास जाने क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको पुण्यभूमिमा स्थानीयवासीको सक्रियतामा स्याहार केन्द्र निर्माणकार्य शुरु भएको छ ।

भवन निर्माणका लागि यस आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयमार्फत रु २५ लाख बजेट प्राप्त भएपछि निर्माणको काम अगाडि बढाइएको छ । आगामी असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ छ कोठा, एक हलसहित दुई तलाको भवन निर्माण गरिँदैछ । माथिल्लो तलामा हल रहनेछ भने तल्लो तलामा प्राथमिक स्वास्थ्य उपचार कक्ष, खाजा नास्ता खाने ठाउँ निर्माण गरिने लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।

उमेर ढल्कदै गएको अवस्थामा घरमा छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त हुने भएको हुँदा दिन बिताउन र आफ्नै उमेर समूहका दौँतरीसँग कुराकानी गरेर दिन बिताउन मिलनकेन्द्र रामपुरमा अति आवश्यक रहेको समाजसेवी अर्जुनप्रसाद रेग्मी बताउनुहुन्छ । रामपुर नगरपालिकाभित्र थु्रपै पर्यटकीय, धार्मिक, ऐतिहासिकस्थल रहे पनि रामघाटलाई विशेष महत्वका रुपमा लिइन्छ । यहाँ ज्येष्ठ नागरिक स्याहार केन्द्र बन्ने भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । 

ज्येष्ठ नागरिक स्याहार केन्द्रका अलवा कालीगण्डकीवेँशीको पवित्र तीर्थस्थलका रूपमा रहेको रामघाटको ऐतिहासिकलाई जोगाउन पुरानैशैलीमा लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएको छ । भूकम्पले क्षति पुगेको मन्दिरलाई पुनःनिर्माण गरी पुरानै आकार दिइएको छ । पुरातात्विक विभागबाट आर्थिक वर्ष २०७५/७६ मा रु १५ लाख र आव ०७६/७७ मा रु २८ लाख गरी रु ४२ लाखको लागतमा मन्दिर निर्माणकार्य गरिएको हो । 

लक्ष्मीनारायणको मन्दिर यो क्षेत्रकै धार्मिक गहनाका रूपमा लिने गरिन्छ । पहिले पहिले पैदल हिँडेर एक दुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बुढापाका बताउँछन् । रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा समावेश गरेको छ । कालीगण्डकीको तट, कालीगण्डकी करिडोर नजिकै रहेकाले पनि यो क्षेत्रमा अवलोकन गर्न जानेको अहिले चहलपहल बढ्दैछ ।

 यहाँ रामनवमी, कृष्णाजन्माष्टी, अक्षयतृर्तीया पर्व र नयाँ वर्षका दिन विशेष मेला लाग्दै आइरहेको छ । कालीगण्डकीमा स्नान गरी नदीको पवित्रजल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका ३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पूजाआजा गरी पुनः लक्ष्मीनारायण मन्दिरमा नै आएर पूजा गर्ने चलन छ । यसो गरेमा पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । 

कालीगण्डकीवेँशीकै धार्मिक महत्वका हिसाबले परिचित बनेको रामघाटको पौराणिक महत्वलाई जोगाइ राख्न भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । रामघाट पौराणिककालदेखि नै तीर्थस्थलको रूपमा चिनिँदै आएको पवित्र धार्मिक तीर्थस्थल हो । 

भगवान् रामचन्द्रले त्रेता युगमा वनवासको क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनी बोलाइ यज्ञ गरेको नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ । द्वापर युगमा पाण्डव पनि यही ठाउँमा स्नान गरेको र शुक्लागण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको बाणको सहयोगबाट जल आउने गरेको तथ्य गङ्गामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ । 

पुराणकै तथ्य अनुसार रामघाटमा सदा ३३ कोटी भगवान्ले बास बस्ने पवित्रस्थल भनी उल्लेख गरेको पाइन्छ । त्यसैले रामघाट क्षेत्र पूर्वी पाल्पाकै सबैभन्दा पुरानो पौराणिक कथामा उल्लेख भएको भगवानको पनि तीर्थस्थल भएको मानिन्छ । पौराणिक कालदेखि तीर्थालु आउने स्नान गर्ने, यज्ञादी गर्ने आदी गर्दै आए तापनि २०० वर्ष अगाडि लक्ष्मीनारायणको मन्दिर बनाइ गुठी राखिएको विसं १८८९ को सनतबाट प्राप्त प्रमाणबाट पाइन्छ । सामाजिक हितका राखिएको यो गुठी स्थापनाकालदेखि नै दैनिक पूजाआजा व्यवस्थापन रेग्मी परिवारबाट गरिँदै आएको छ । 

मन्दिरको अवस्था नाजुक बन्दै गएपछि विसं २०७४ देखि दश वर्षे गुरुयोजना तयार पारिएको छ । धार्मिक बस्ती, सानो गौशाला, सुन्दर प्रतिक्षालय, त्रिदेव मन्दिर, विवाह मण्डव, योग गृह, सभाहल, अतिति गृह, किरिया घर, पानीको ट्याङ्की, वनभोजस्थल, गुरुकूल शिक्षाको शुरुवात, शौचालय र भान्साघर निर्माण गर्ने गुरुयोजनामा समेटेर काम गरिएको छ ।

पुरानो लक्ष्मीनारायणको मन्दिर, मन्दिर प्रवेशद्धार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पानीको ट्याङ्की, दुई कोठे पक्की धर्माश्रम, १०८ पिपलका बगैँचा, फलफूलका बगँैचा, नदीको किनारमा रहेको प्रतिक्षालय, मन्दिर परिषरभित्र रहेको पूजारी बस्ने र साधु सन्त बस्ने दुई वटा घर, मन्दिर परिषरको पर्खाल र चौतारी निर्माण गरी संरक्षण गर्न थालिएको छ ।

एक÷एक पुजारी र महन्त निवास, शालिकराम स्तम्भ निर्माण, शौचालय, धर्मआश्रम, पानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको भइसकेको छ । पौराणिक किम्बदन्तीअनुसार त्रेतायुगमा भगवान् राम बनबास जाँदा कालीगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुनगएको हो । 

विसं १८७० को समयतिर स्थानीयवासी तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको हो । प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको रामघाट क्षेत्रलाई वडा र नगरले धार्मिक तथा पर्यटकीय विकासमा जोड दिएको रामपुर नगरपालिका–५ का अध्यक्ष हिमाल मल्ल बताउनुहुन्छ । “रामपुरकै पहिचानका रूपमा रहेको रामघाटको धार्मिक महत्व उच्च रहेको छ, यो क्षेत्र धार्मिक नगरीका रुपमा विकास गराएर आन्तरिक तथा बाह््य पर्यटक भित्र्याउने योजनाका साथ लागेका छौँ”, अध्यक्ष मल्लले भन्नुभयो । 

मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका–४ र ५ मा करीब दर्ता भएको एक हजार रोपनी र दर्ता नभएको एक हजार १०० रोपनी जग्गा रहेको छ । रामपुर नगरपालिका–४ खोप्टारमा करीब १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जीर्ण अवस्थामा रहेको एउटा धर्मशाला पार्टी भवन छ । मन्दिरसम्म पुग्ने सडक सुविधा भएपछि यहाँ घुम्न जानेको आकर्षण बढ्दो छ । विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन रामघाट परिषर घुम्न पुगेका आन्तरिक पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसँग लोभिन पुग्छन् । रासस