३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ – प्रमुख सचेतक भट्टराई (भिडियो सहित)

कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ – प्रमुख सचेतक भट्टराई  (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टिकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताउनुभएको छ । 

नेकपा (एमाले)ले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो । बिहीबार न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिदैँ प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टिकरण बुझाउन थालेको र प्राप्त स्पष्टिकरणको विश्लेषण गरेर थप कारबाही अगाडी बढाउने बताउनुभयो । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टिकरण पत्र पठाएको बताउनुभयो । पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टिकरण सोधिएको भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरु भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहाने केही व्यक्तिहरुसँग पटक पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरु हुने, अध्यारा कोठाहरुमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिड्ने । हामी ह्वीप उलङ्घन गरेर पनि तपाईलाई जिताउँछौँ जसरी पनि केपी ओलीलाई सरकारबाट हटाउनुपर्‍यो भन्ने प्रकारका कुराहरु जसरी गर्दै हुनुहुन्छ त्यो एककिसिमको लज्जाबोध गर्नुपर्ने कुरा हो । हामीले त्यसलाई स्पष्ट पार्न उहाँहरुलाई भनेका छौँ । स्पष्टिकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारबाही अगाडी बढाउँछौँ ।’

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निस्कासन गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशका पाँच जना विधेयकहरुले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टिकरण सोधेको छ । उहाँहरु माथि पार्टीले कारबाही गर्छ । पार्टीले निष्काशन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’

पार्टीले स्पष्टिकरण सोधेसँगै माधव नेपालपक्षका सांसदहरुले स्पष्टिकरण दिने निर्णय गरेका थिए । हाल सांसदहरुले स्पष्टिकरण बुझाउन थालेका छन् । यता, पार्टीको विवाद समाधानको सम्बन्धमा बुधबार र बिहिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालले दुईपटक सम्म भेटवार्ता गरिसकेका छन् ।