३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

फेरिँदै बागलुङ पाखाथरको मुहार

फेरिँदै बागलुङ पाखाथरको मुहार
अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । परम्परागत केही काठका त केही ढुङ्गाका घर थिए । बाहिरबाट आएका आगन्तुक तिनै घरमा जासोतसो रात बिताउँथे । हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने विदेशी पर्यटकले बस्ने–खानेको व्यवस्थापन आफैँ गर्थे । तर अहिले ढोरपाटन क्षेत्रमा होटल तथा रेष्टुरेन्ट बढ्दै गएका छन् ।

बाह्रै महिना चिसो हुने ढोरपाटन क्षेत्रमा स्थानीय तथा बाहिरबाट व्यवसाय गर्न पुगेकाहरूले काठ, माटो र ढुङ्गाबाट घर बनाएका छन् । पछिल्लो समय कङ्क्रिटका भवन पनि धमाधम बन्न थालेका छन् । ढोरपाटन क्षेत्रको स्यालपाखे र खापाथरमा बढी होटल व्यवसाय सञ्चालनमा आएका छन् ।

पाँच वर्ष अगाडिसम्म यहाँ थोरैमात्रै होटल थिए । समथर भू–भागमा फैलिएको ढोरपाटनमा अहिले थुप्रै घर बनेका छन् । पुराना परम्परागत तथा आधुनिक शैलीमा निर्माण भएका घरले ढोरपाटनको पाखाथर ठूलो सहरजस्तै देखिन्छ । पहिले घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय अहिले अधिकांश समय ढोरपाटनमा बस्न थालेका छन् । होटल व्यवसाय सञ्चालनमा आएपछि बाह्रै महिना ढोरपाटनमा पर्यटक पुग्न थालेका हन् । आधा दशक अगाडिसम्म यहाँका अधिकांश स्थानीय छ महिना बोबाङ, अधिकारीचौर, दोगाडीलगायतका गाउँमा र छ महिना ढोरपाटनमा बस्ने गर्थे । पाखाथर, स्यालपाखे र नवीगाउँमा मोटरबाटो पुगेपछि स्थानीयको दैनिकीसमेत बदलिएको छ । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरपाटनको धेरै ठाउँमा अहिले पनि विद्युत्, खानेपानी र मोटरबाटो पुग्न सकेको छैन ।

मोटरबाटो पुगेको पाखाथरमा अहिले बढी पर्यटक पुग्ने गर्छन् । कच्ची सडकले जोडिएको पाखाथरमा दर्जन बढी होटल र केही होमस्टे ९घरबास० सञ्चालनमा छन् । जसले आगन्तुकलाई सहज बनाएको छ । उच्च पहाडी हावापानी, स्वच्छ वातावरण र यहाँबाट देखिने मनोरम दृश्यले धेरैलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो दुई वर्षयता ढोरपाटनमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् । बुर्तिबाङ बजारबाट करिब ३३ किलोमिटरको दूरीमा रहेको पाखाथर हाल पर्यटकको बासस्थानका रूपमा विकास भइरहेको छ । पहिले स्थानीयमात्रै बस्ने यस क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल हुने स्थानीय लिलु अदैले बताउनुभयो ।

पाखाथर गाउँ सडकले जोडिएपछि धेरै पर्यटक आउन थालेको उहाँको भनाइ छ । उहाँले पहिले पर्यटक दिउँसो घुम्न आएर साँझ फर्किने गरेको जनाउँदै अहिले एक–दुई दिन बस्ने गरी आउन थालेको बताउनुभयो । सडकले आन्तरिक पर्यटकलाई पाखाथरसम्म ल्याउन सहज बनाएको उहाँको भनाइ छ । सरकारले यो सडकलाई व्यवस्थित बनाउन सके ढोरपाटनमा धेरै पर्यटक भित्र्याउन सकिने स्थानीय अदैले जानकारी दिनुभयो । एक दशक अगाडि विद्युत् गाउँमा आएको र अहिले गाउँमै अस्पताल बन्न थालेको उहाँको भनाइ छ ।

स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले दुई वर्षयता पाखाथरमा तीन दर्जन बढी होटल सञ्चालनमा आएको बताउनुभयो । पहिले ढोरपाटनमा आउने पाहुना गोठमा रात बिताएर फर्किने गरेको जनाउँदै अहिले सामान्य भए पनि होलटको सुविधा बढ्दै गएको उहाँको भनाइ छ । पछिल्लो केही वर्षदेखि ढोरपाटनमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाउँदै उनीहरूले आधुनिक होटलको सुविधा खोज्ने गरेको बताउनुभयो ।

“ढोरपाटनमा जनुसुकै पाहुना आउँदा बाटोको नै कुरा उठाउनुहुन्छ, सूचना प्रविधिको विकासले गर्दा ढोरपाटनको प्रचार भएको छ, त्यसले गर्दा यहाँ आउने बढेका हुन्, पहिले यहाँ फोन गर्ने सुविधा पनि थिएन, अहिले घरभित्रै बसेर इन्टरनेट हेर्न पाइने सुविधा भएको छ”, उहाँले भन्नुभयो, “यहाँ पाहुनाको चाहनाअनुसार आधुनिक होटल व्यवस्थापन गर्न सकिएको छैन, पहिला यस्ता घर थिएनन्, काठका घर थिए, अहिले यत्तिको हुनु पनि हाम्रा लागि ठूलो विषय हो, विस्तारै सबै परिवर्तन हुँदै जाला ।”

स्थानीय टीकाबहादुर घर्तीमगरले सडकले पाखाथरमा परिवर्तन ल्याएको जानकारी दिनुभयो । पहिले यहाँका स्थानीय घण्टौँ हिँडेर दैनिक उपभोग्य सामान किन्न बजार पुग्ने बाध्यता रहेको जनाउँदै उहाँले अहिले घरघरमा गाडीले ल्याउने गरेको बताउनुभयो । सडक अप्ठ्यारो भए पनि सामान ढुवानी र यात्रालाई थोरै भए पनि सहज बनाएको घर्तीमगरको भनाइ छ । पाखाथरमा धेरै नागरिकको बसोबास गरेको र सडकले दैनिकीसमेत बदलिएको उहाँको भनाइ छ ।

“धेरै विकास हुनसकेको छैन, तर विकास नै भएन बन्न पनि मिल्दैन, जति हुनुपथ्र्यो त्यति हुन सकेन, सहरबजारभन्दा टाढा भइयो, डाँडाकाँडा छिचोलेर आउनुपर्ने, भूगोलले अलिकति पछाडि परेका हौँ, तर यहाँको सुन्दरताले धेरैलाई तान्छ”, उहाँले भन्नुभयो । रासस