३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लाप्राक एकीकृत बस्तीका लाभग्राहीलाई घर हस्तान्तरण (फोटो फिचर सहित)

लाप्राक एकीकृत बस्तीका लाभग्राहीलाई घर हस्तान्तरण (फोटो फिचर सहित)
अ+ अ-

गोरखा । भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले एकीकृत वस्तीका लाभग्राहीहरुलाई जग्गाधनी पुर्जा (लाजपुर्जा) हस्तान्तरण गर्नुभयो । घर तथा पुर्जा हस्तान्तरणपछि आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पप्रभावित लाप्राकवासीलाई घर निर्माणमा सहयोग पु¥याएकोमा गैरआवासीय नेपाली संघ र संसारभरि छरिएर रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नमूना बस्तीमा होमस्टेलगायत दिगो जीविकोपार्जनका कार्यक्रमहरु संचालन गर्न सुझाव दिनु भयो । उहाँले बर्षात्को पानी निकास र ढल व्यवस्थापनलगायत पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था भइरहेको जानकारी समेत गराउनु भयो ।  

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूकम्प प्रभावित दाजुभाइलाई सहयोग गर्न पाउँदा संघआबद्ध सम्पूर्ण नेपालीलाई खुशी मिलेको बताउँदै लाप्राक एकीकृत बस्तीका जनताको जीवनस्तर माथि उठाउन संघले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

हस्तान्तरण कार्यक्रममा संघीय सांसद हरिराज अधिकारी, धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ, प्राधिकरणका कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका आयोजना प्रमुख रामशरण आचार्य, गैरआवासीय संघका उपाध्यक्ष सोनाम लामालगायतको उपस्थिति थियो  ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।