१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङदेनको प्रश्न: पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘कही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसको निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र बिरोधी गतिविधिमा संलग्न भएका छन् । उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ ? राजावादीहरुको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । र, लोकतन्त्र बिरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु । र, त्यसको बारेमा प्रष्ट पार्न म ति वक्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु । जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु । ’

अध्यक्ष लिङदेनले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने काम लोकतन्त्रको हो भन्दै प्रश्न समेत बताउनु भयो ।