२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङदेनको प्रश्न: पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘कही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसको निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र बिरोधी गतिविधिमा संलग्न भएका छन् । उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ ? राजावादीहरुको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । र, लोकतन्त्र बिरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु । र, त्यसको बारेमा प्रष्ट पार्न म ति वक्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु । जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु । ’

अध्यक्ष लिङदेनले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने काम लोकतन्त्रको हो भन्दै प्रश्न समेत बताउनु भयो ।