• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल

भारतीय क्रिकेटर शुभमन गिललाई डेङ्गु, अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने



एजेन्सी । भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेङ्गु संक्रमण भएको छ। गिललाई उच्च ज्वरो आएपछि डेङ्गु परीक्षण गर्दा पोजेटिभ देखिएको बताईएको छ ।

चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेङ्गु परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

डेंगीका कारण गिलले आइतबार हुने अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने सम्भावना रहेको छ। डेङ्गुको संक्रमण निको हुन कम्तीमा दुई साता लाग्छ।

यदि गिल अष्ट्रेलियाविरुद्धको खेलमा रिकभर नभएमा भारतले ओपनिङमा कप्तान रोहित शर्माको साथमा इशान किशन वा केएल राहुललाई विकल्पमा पठाउन सक्छ ।

गिलले यस वर्षको सुरुमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट दोहोरो शतक बनाएका थिए । उनी इन्डियन प्रिमियर लिगमा ८९० रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यस्तै, हालै सम्पन्न एसिया कपमा पनि उनले ३०२ रन बनाएर ब्याटिङमा शीर्ष स्थानमा थिए। पछिल्लो खेलमा उनले भारतको लागि १०४, ७४, २७, १२१, १९, ५८ र ६७ स्कोर बनाएका छन्।