• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भारतीय क्रिकेटर शुभमन गिललाई डेङ्गु, अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने



एजेन्सी । भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेङ्गु संक्रमण भएको छ। गिललाई उच्च ज्वरो आएपछि डेङ्गु परीक्षण गर्दा पोजेटिभ देखिएको बताईएको छ ।

चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेङ्गु परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

डेंगीका कारण गिलले आइतबार हुने अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने सम्भावना रहेको छ। डेङ्गुको संक्रमण निको हुन कम्तीमा दुई साता लाग्छ।

यदि गिल अष्ट्रेलियाविरुद्धको खेलमा रिकभर नभएमा भारतले ओपनिङमा कप्तान रोहित शर्माको साथमा इशान किशन वा केएल राहुललाई विकल्पमा पठाउन सक्छ ।

गिलले यस वर्षको सुरुमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट दोहोरो शतक बनाएका थिए । उनी इन्डियन प्रिमियर लिगमा ८९० रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यस्तै, हालै सम्पन्न एसिया कपमा पनि उनले ३०२ रन बनाएर ब्याटिङमा शीर्ष स्थानमा थिए। पछिल्लो खेलमा उनले भारतको लागि १०४, ७४, २७, १२१, १९, ५८ र ६७ स्कोर बनाएका छन्।