२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी दिवसका अवसरमा हाइकिङ



अ+ अ-

गण्डकी । पृथ्वी दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पोखरा महानगरपालिका–२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज सञ्चालन गर्दै आएका व्यवसायी, सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता रहेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक गोपालकृष्ण सङ्ग्रौलाका अनुसार पोखरा आसपासमा रहेर पनि ओझेलमा परेका पदयात्रा क्षेत्रको अध्ययन, अनुसन्धान, प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७८ एवं विश्व पृथ्वी दिवसका अवसरमा एक दिवसीय हाइकिङ आयोजना गरिएको हो ।

हाइकिङका अवसरमा उल्लेरीस्थित मुखिया चौतारी र भुम्दी टुनार घरबासमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले पोखरा नजिकै रहेर पनि सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनलाई सङ्घले प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका सचिव मिलन तिवारी, भुम्दी टुनार घरवासका अध्यक्ष नानीमाया गुरुङ, उल्लेरीगाउँ सुधार समितिका अध्यक्ष गणेशबहादुर गुरुङ, थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङलगायतले पदयात्रा पर्यटनका माध्यमबाट गाउँमा सञ्चालित घरबासमा पर्यटकको आगमन बढाउन सहयोग गर्न आग्रह गर्नुभयो ।




भर्खरै