२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सम्पर्क सञ्जाल विस्तारमा ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च हो’



अ+ अ-

काठमाडौँ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्जाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च भएको बताउनुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत लिन्झीमा आयोजित चीन सीझ्याङ ट्रान्स हिमालयन फोरमलाई आज सम्बोधन गर्दै उहाँले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मात्र नभई ट्रान्स हिमालय क्षेत्रमा व्यापार, पारवहन तथा लगानी प्रवर्द्धन गर्ने बताउनुभयो ।

बिआरआईको कार्यान्वयनबाट नेपाल र चीन तथा दक्षिण, दक्षिणपूर्वी, मध्य एसियाबीच ‘कनेक्टिभिटी’ विस्तार हुने जनाउँदै उपाध्यक्ष अर्यालले ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहेको तथा दुवै मुलुक नजिकको मित्र र विश्वासिलो साझेदार भएको उल्लेख गर्नुभयो । नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दुवै मुलुकका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याएको बताउनुभयो । उपाध्यक्ष अर्यालले चीनका राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा नेपालको भ्रमण गरेको तथा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सोही वर्ष गर्नुभएको चीन भ्रमणको स्मरण गर्दै यसै वर्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीझ्याङ स्वायत्त क्षेत्रका साथै हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको चीन भ्रमणबाट आपसी समझदारी र विश्वास वृद्धि भएको विचार व्यक्त गर्नुभयो ।

नेपालको सामाजिक–आर्थिक विकासमा चीनले पु¥याएको सहयोगको सरहाना गर्दै उपाध्यक्ष अर्यालले कोरोना महामारीका बेला चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको आकांक्षा साकार पार्न चीनले निरन्तर सहयोग गर्नेमा आफू आशावादी रहेको बताउनुभो । रासस