• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा

कन्वे र रबिन्द्रको शतक, न्युजील्यान्ड ९ विकेटले विजयी



इङ्ल्यान्ड बिरूद्ध न्युजील्यान्डका दुई ब्याट्सम्यानले शतक प्रहार गरेपछि न्युजील्यान्डले डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ ।

न्युजील्यान्डका ओपनिङ ब्याट्सम्यान डेभोन कन्वेले १५२ र रचिन रबिन्द्रले १२३ रन बनाएका थिए । उनीहरू अन्तसम्म अविजित रहे ।

आइसिसि विश्वकप अन्तरगत पहिलो खेलमै न्युजील्यान्डले विजयी सुरूवात गरेको छ ।

इङ्ल्यान्डले प्रस्तुत गरेको २८३ रनको चुनौती पछ्याएको न्युजील्यान्डले ३६.२ ओभरमा १ विकेटको क्षतिमा २८३ रन बनाएको हो । न्यूजील्यान्डका एक मात्र ब्याट्सम्यान विल योङ ० रनमै विदा भएका थिए ।

यसअघि इङ्ल्यान्डले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष प्रस्तुत गरेको थियो । इङल्यान्डका लागि जो रूटले सर्वाधिक ७७ रनको योगदान गरेका थिए । उनीबाहेक, जाेनी बेयरस्टोले ३३, डेविड मलानले १४, ह्यारी ब्रुकले २५, मोइन अलिले ११, जस बट्लरले ४३, लियाम लिभिङस्टोनले २०, साम कुरानले १४, क्रिस वोक्सले ११, अदिल रसिदले १५ तथा मार्क उडले १३ रन बनाएका थिए ।

शुक्रबारको खेल

पाकिस्तान र नेदरल्यान्ड्स

(हैदराबाद, २.१५ बजे)