६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर

काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर
अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ ।

पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी सङ्ख्या २० हजार पुर्याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले काभ्रे कांगे्रसमा २० हजार क्रियाशील सदस्य भइसक्नुभएको छ, तोकिएको समयसीमासम्म केन्द्रीय कार्यालयमा पठाउनेछौँ ।”
 
लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका १० हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिनुभयो । उहाँले अनुसार नयाँ क्रियाशील सदस्यता थप भइरहेको बताउनुभयो । लामाका अनुसार यसबीचमा पार्टीमा प्रवेश गराउने क्रम पनि जारी छ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा गत वर्ष पुसदेखि पुनः शुरु गरिएको थियो ।

हालसम्म नवीकरण भएका सात हजार ७०० सदस्य र पाँच हजार ४०० नयाँ सदस्यको ‘कम्प्युटर इन्ट्री’ भइसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फत समेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भइसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्युटर इन्ट्रीको काम भइरहेको बताउनुभयो ।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ । थपिएको यस अवधि अन्तिम रहेको जनाइएको छ । यसअघि सदस्यता बिस्तारको कार्यतालिकाअनुसार गत चैत ३० गतेसम्म तोकिएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार उक्त अवधिसम्म नवीकरण र नयाँ गरी छ लाख १० हजार १३४ त्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।

नेपालस्थित उक्त क्रियाशील सङ्ख्यामध्ये नयाँ दुई लाख ८९ हजार २२१ र तीन लाख २० हजार ९१३ नवीकरण भएका हुन् । गत १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्ता रहेको कांग्रेसमा आउँदो १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरिएको छ । कांग्रेस नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० र नयाँ सदस्यताका लागि रु ३०० तोकेको छ ।

कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आउँदो असार २० गते, गाउँ÷नगर अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आउँदो साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने जनाइएको छ ।