२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा



अ+ अ-

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ ।

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडा–काठमाडौँतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौँतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौँतर्फ प्रस्थान गरेको उल्लेख गर्नुभयो ।

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौँको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौँ–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौँतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो । वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताउनुभएको छ ।