२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप: टस जितेर न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौँ । १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डले टस जितेको छ ।

भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको टस जितेर न्युजिल्यान्डका कप्तान टम लाथमले इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

२०१९ को विश्वकपमा इंग्ल्यान्डले नाटकिय रुपमा न्युजिल्यान्डलाई हराएको थियो । सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । न्युजिल्यान्ड आज उक्त खेलको बदला लिन चाहन्छ ।

एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्यान्डले ४४ जितेको छ । दुई टोलीबीचको दुई पटकको खेल बराबरीमा टुंगिएको थियो भने चार खेलको नतिजा निस्केको थियो ।

न्युजिल्याण्डको प्लेईङ–११:
डेभोन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान/विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जेम्स निशाम, मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट ।

इंग्ल्याण्डको प्लेईङ–११:
जोनी बेयरस्टो, डेविड मलान, जो रुट, ह्यारी ब्रुक, जोस बटलर (कप्तान/विकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली, साम कुरान, क्रिस वोक्स, आदिल रसिद, मार्क वुड ।