२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको सिँचाइ आयोजनाको काम दुई वर्षपछि पुन:सुरु



अ+ अ-

बलेवा । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ । यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका–५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका फाँटमा सिँचाइ पुग्ने छ । बिहुँका १०० घरधुरीको झण्डै ४०० हेक्टर जमीनमा सिँचाइ पुर्‍याउने गरी आयोजना शुरु भएको हो ।

गण्डकी प्रदेश सरकारको बहुवर्षे आयोजनाअन्तर्गत अघिल्लो वर्ष विनियोजित रु १५ लाख बजेट फिर्ता भएपछि चालू वर्ष काम थालिएको उपभोक्ता समितिका अध्यक्ष भूमिश्वर कँडेलले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण र लकडाउनका कारण काम गर्न नसकेर बजेट फिर्ता भयो, यो वर्ष जसरी पनि काम गर्छौं”, उहाँले भन्नुभयो, “बहुवर्षे कार्यक्रम भएकाले आगामी वर्ष पनि बजेट आएमा निर्माण सम्पन्न गर्न सकिन्छ ।” उपभोक्ताको १५ प्रतिशत श्रमदानसहित रु एक करोड ५० लाख लागतमा आयोजना निर्माण हुनेछ । दुई किमी लामो सिँचाइ कुलोमार्फत दादराखोलाको पानी खेतमा ल्याइने योजना उहाँले सुनाउनुभयो । 

सिँचाइ अभावमा यहाँका किसानले हिउँदे तथा वर्षेखेती लगाउन पाएका थिएनन् । किसानले सिँचाइ आएपछि तरकारीखेती लगाएर आत्मनिर्भर बन्ने योजना वडाको छ । “हामीले सिँचाइ अभावमा तरकारी पनि लगाउन सकेका थिएनौँ”, स्थानीय माया कँडेलले भन्नुभयो, “अब गाउँघरमै उत्पादन गरेर खर्च बचाउन सकिने भयो ।” परम्परागत कुला मासिएपछि स्थानीयले सिँचाइको समस्या झेल्दै आएका थिए । 

गत वर्ष वडा कार्यालयको पहलमा आयोजनाको लागत तयार गरिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । “पालिकाबाट बजेट विनियोजन सम्भव नभएपछि उपभोक्ता समितिमार्फत प्रदेशको ध्यानाकर्षण गरेपछि बजेट विनियोजन भएको हो”, कँडेलले भन्नुभयो, “यो आयोजना निर्माण हुँदा १०० घरपरिवारले लाभ पाउन सक्छन् ।” सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले आयोजनामा प्राविधिक सहयोग गरेको डिभिजन इञ्जिनीयर सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बहुवर्षे पक्की नहरसहितको कार्यक्रम भए पनि पानी चलाएर आगामी वर्षबाटै उत्पादन लिने काम गरिने किसानको योजना छ । रासस




भर्खरै