१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ



अ+ अ-
काठमाडौं । ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाकिस्तान राहुलपिन्डी घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहमद र अजरबैजन देश घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३१ वर्षीया AYSEL HUSEYNIL रहेका छन् ।
पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ठमेलस्थित होटल यात्री एण्ड डुडि सुइटस एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरेको हो ।
उनीहरूले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।