२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ



अ+ अ-
काठमाडौं । ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाकिस्तान राहुलपिन्डी घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहमद र अजरबैजन देश घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३१ वर्षीया AYSEL HUSEYNIL रहेका छन् ।
पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ठमेलस्थित होटल यात्री एण्ड डुडि सुइटस एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरेको हो ।
उनीहरूले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।