७ पुष २०८१, आईतवार
,
Latest
नुवाकोटमा बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिलान्यास नेपाल प्रिमियर लिगः बिर्सिन नसकिने प्रतियोगिता छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक क्रिसमसअघि क्षुद्रग्रह पृथ्वीको नजिकबाट जानेछ, पृथ्वीलाई कुनै खतरा ? एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान भारतले जित्यो यू–१९ महिला एसिया कपको उपाधि जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डद्वारा माओवादी सचिव आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

वीर अस्पतालमा उपचाररत आचार्यलाई बिहीबार बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

पार्टीको कार्यक्रममा आचार्य अछामको साँफेबगरमा अस्वस्थ हुनुभएको थियो । पार्टीको तीन महिने रुपान्तरण अभियानका क्रममा समीक्षा बैठकमा सहभागी हुन उहाँ साँफेबगर पुग्नुभएको थियो ।

माओवादी नेता खगराज भट्टका अनुसार साँफेबगरको एउटा होटलमा बसिरहेका बेला सचिव आचार्यको बोली एक्कासि बन्द भएको र शरीरको दायाँ भाग चल्न छोडेको थियो ।

त्यसपछि लगत्तै उहाँलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि जहाजमार्फत उहाँलाई काठमाडौँ ल्याइएको हो ।