२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डद्वारा माओवादी सचिव आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

वीर अस्पतालमा उपचाररत आचार्यलाई बिहीबार बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

पार्टीको कार्यक्रममा आचार्य अछामको साँफेबगरमा अस्वस्थ हुनुभएको थियो । पार्टीको तीन महिने रुपान्तरण अभियानका क्रममा समीक्षा बैठकमा सहभागी हुन उहाँ साँफेबगर पुग्नुभएको थियो ।

माओवादी नेता खगराज भट्टका अनुसार साँफेबगरको एउटा होटलमा बसिरहेका बेला सचिव आचार्यको बोली एक्कासि बन्द भएको र शरीरको दायाँ भाग चल्न छोडेको थियो ।

त्यसपछि लगत्तै उहाँलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि जहाजमार्फत उहाँलाई काठमाडौँ ल्याइएको हो ।