२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल



अ+ अ-

संयुक्त राष्ट्रसंघ । मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका दूत टोर वेन्स्ल्याण्डले प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो । 

उहाँले भन्नुभएको छ– संयुक्त राष्ट्रसंघले यो अपिल गर्दछ कि प्यालेस्टाइनमा समावेशी रुपमा हुने निर्वाचनले आगामी दिनमा यहाँको प्रजातान्त्रिक सरकारको पुनस्र्थापना गर्नेछ, त्यसैले सबैले सहयोग गर्नु आवश्यक छ । 

यहाँ १५ वर्षपछि निर्वाचन हुन लागेको र जुन निर्वाचन एक महत्वपूर्ण र प्रजातन्त्रका लागि ऐतिहासिक निर्वाचन हुनेछ उहाँले भन्नुभएको छ । यहाँ मे २२ का लागि आम निर्वाचनको घोषणा गरिएको छ । सो निर्वाचनका लागि तयारी भइरहेको बताइएको छ । 

यो आमनिर्वाचनले वेष्ट ब्यांक र गाजालाई पनि एकताबद्ध गर्ने काममा सघाउने तथा यस कार्यका लागि बाटो खोल्ने अपेक्षा गरिएको पनि विश्वास लिइएको छ । रासस




भर्खरै