१ असार २०८३, सोमबार
,
Latest
जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु



अ+ अ-

ताइयुवान । उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मङ्गलबार साँझ सान थरका उक व्यक्ति कारखानाको फिडिङ पिटमा पसे लगत्तै उक्त घटना भएको थियो । उक्त मिलमा यस वर्षको सुरुदेखि नै उत्पादन भएको छैन ।

त्यसपछि उद्धार प्रयासमा छ जना उक्त पिटमा पसेका थिए र उनीहरू सबै विषाक्त भएको अनुमान गरिएको छ । पछि अग्निनियन्त्रक र उद्धारकर्मीहरूले तिनीहरूलाई उक्त मिलबाट बाहिर निकालेर अस्पताल पुर्याएका थिए तर उनीहरूको मृत्यु भइसकेको थियो । रासस