१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु



अ+ अ-

ताइयुवान । उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मङ्गलबार साँझ सान थरका उक व्यक्ति कारखानाको फिडिङ पिटमा पसे लगत्तै उक्त घटना भएको थियो । उक्त मिलमा यस वर्षको सुरुदेखि नै उत्पादन भएको छैन ।

त्यसपछि उद्धार प्रयासमा छ जना उक्त पिटमा पसेका थिए र उनीहरू सबै विषाक्त भएको अनुमान गरिएको छ । पछि अग्निनियन्त्रक र उद्धारकर्मीहरूले तिनीहरूलाई उक्त मिलबाट बाहिर निकालेर अस्पताल पुर्याएका थिए तर उनीहरूको मृत्यु भइसकेको थियो । रासस