२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

आँधी थामिएपछि

आँधी थामिएपछि
अ अ+ अ-

ऊ जोडले ढोका खोलेर कोठाभित्र पस्छ । उद्विग्न मनस्थितिले आक्रान्त भएको ऊ, बैठक कोठा, भान्सा, अरू कोठाहरूमा पसेर चारैतिर हेर्दा, त्यहाँ कोही हुँदैन, सुत्ने कोठामा आएर जुत्ता नै नफुकाली बिछ्यौनामा डड्रङ्ग पल्टिन्छ ।

खल्तीभित्र हात हालेर चुरोटको बट्टा झिकेर सल्काउँदै लामोलामो सर्को लिन थाल्छ । मनभित्रको जलनको धुवाँको अगाडि चुरोटको धुवाँ फिक्का लाग्छ उसलाई । कैयौँ दिनदेखि ऊ इँटाभट्टभित्रको आगाको हृदय लिएर जलिरहेछ ।

चुरोटको आगाले भित्रको जलनलाई अलिकति पनि शान्त पार्न सकेको छैन । दिनको कैयौँ बट्टा चुरोट ऊ पिइरहेछ, पिइरहेछ । उदभ्रान्त मनस्थितिले ऊ जुरुक्क उठ्छ; जुत्ता, लुगा फुकाल्न थाल्छ । सबै लुगा फुकालिसकेपछि, मात्र उसको शरीरमा कट्टु बाँकी हुन्छ । ऐना अगाडि गएर ऊ उभिन्छ,

मासुले कस्सिएको उसका हात, पाखुरा, छाती, तिघ्रा ! शक्ति र अर्जायुक्त उसको शरीर के कमी छ! ऊ मूल्याङ्कनको चस्माले आफूलाई माथिदेखि तलसम्म नियाल्छ । कुनै पनि अरू लोग्नेमानिसभन्दा कम ऊ आफूलाई अनुभव गर्दैन । बाँकी रहेको कट्टुलाई फुकालेर प्याँकदिन्छ । सर्वाझ्ग नाङ्गो शरीर, फेरि ऐनामा आफूलाई नियाल्छ। गुप्ताङ्गलाई हेर्दा उसभित्र अनेक तर्कवितर्क आउन थाल्छन्‌ । ऊ गुप्ताङ्गलाई मुठ्याउँछ, हल्लाउँछ।

“म यति तातो छु, यति समर्थ छु; तँलाई फेरि पनि कुन आगो चाहियो, भन्‌ ??” ऊ भित्तामा टाँसिएर मस्किरहेकी स्वास्नीको फोटो हेरेर सोध्छ ।

“तँभित्र कुन आगो छ ? जसलाई मैले शान्त पार्न सकिनँ । मभित्रको समर्थताताई तँले किन लल्‌कारिस्‌ ? चुनौती दिइस्‌ ? लात हानिस्‌ ? भन्‌ के कमी छ ममा !?” एउटा कुण्ठाग्रस्त मनस्थितिका अभिव्यक्ति ओकलिरहेछ ऊ । प्रेम गरेर ल्याएकी उसकी हृदयकी साम्राज्ञीलाई लिएर ऊ परिवारको परवाह नगरेर छुट्टिएर अलग डेरा लिएर बसेको थियो । विवाहको पाँच वर्षपछि नै उसकी स्वास्नीमा आएको परिवर्तले अहिले ऊ थिल्थिलो भएको छ ।

जीवनको एकमात्र सम्पूर्ण आधार सम्भझिएकी उसकी स्वास्नी आज उसँग छैन । कहाँ गई ऊ पत्ता लगाउन खोजिरहेछ र कता हिँडी थाहा पाउन सकेको छैन । घरकालाई भनूँ भन्न सक्दैन, साथीभाइलाई सोधूँ यो उसको इज्जतको प्रश्न हुन्छ । ऊ सहिरहेछ, सहनै नसकिने गरी मुटु थामी सहिरहेछ । उसका मनमा अनेक प्रश्न आइरहेछन्‌ ।

एकदिन उसको मिल्ने साथीले ख्याल ठट्टा गरेजस्तो गरेर भनेको थियो –

“केही महिनाका लागि हामी स्वास्नी साटासाट गरौँ, हुन्न ?”

यस्तो घटिया प्रस्तावलाई उसको संस्कारले नकारेको थियो । स्वास्नी बारम्बार भन्ने गर्थी – “तिमी सधैँ मलाई बाँधेर राख्न खोज्छौ । के म पशु हुँ ? तिमीले जे गराउन चाहन्छौ, त्यही गर्ने, के म रोबट् हुँ ? तिम्रो दासताको हद नाघिसकेको छ, म अब तिमीसँग बस्न सक्दनँ”

के गर्छ्यौ त ? मेरो प्रेमलाई लत्याए पनि छोरीको जिम्मेवारीलाई के तिमी बिर्सन सक्छ्यौ ! तिमी र म अलग हुँदा उसमा पर्ने असरलाई कहिले तिमीले सोचेकी छ्यौ ?”

एकदिन स्वास्नीले भनेकी थिई – “तिमी यति चिसो हुँदै जाउला भनेर मैले सोचेकी पनि रहेनछु ।”

फेरि एकदिन उसले किनेर ल्याइदिएको दुई हजारको जुत्ता हुप्याउँदै स्वास्नीले भनेकी थिई-

“अब मेरो मूल्य यति घटिसक्यो कि म दुई हजारको जुत्ता लगाऊँ ?”

विवाह गर्नु अघि पच्चिस रूपैयाँको चप्पल लगाएर बसमा झुन्डिएर हिँड्ने उसकी स्वास्नीको औकात बढेर आकाश छुँदै थियो । यो औकात उसले नै बढाउँदै लगेको थियो । अब बस चढ्दा उसको इज्जत जाने र बसमा तल्लो औकातका मानिस चढ्ने र उनीहरूको गन्धले बान्ता आउने भइसकेको थियो ।

स्वास्नीको जन्मथलो नेपालको एउटा सुदूरमा थियो जसको नाम थियो खाँदी। पछौटेपनले खाँदिएको त्यो गाउँमा एक्काइसौँ शताब्दीले छोएको थिएन । बडो मुस्किलले त्यहाँ एउटा मोटरसाइकल पुग्दा, देवताको रूप सम्झी मानिसहरूको पूजा गर्ने भीड लागेको थियो । बाल्यकाल र यौवनकाल त्यहीँ बिताएकी उसकी स्वास्नीलाई थाहा थिएन, हरेक घरमा सिँढी हुन्छ, तर त्यसको सीमितता पनि हुन्छ ।

ऊ असीमित सिँढी चढ्दै थिई, त्यसमा सिँढी थप्ने काममा ऊ आफू कहिले थाकेको देखाउँदैन थियो । यो उसको असीमित प्रेमप्रदर्शन थियो । स्वास्नीका इच्छाहरू यति पूर्ति हुन्थे, अब ऊ सम्भावनाभन्दा बाहिरका काल्पनिक इच्छाहरू लोग्नेसँग माग गर्न थालेकी थिई । स्वास्नीका इच्छाहरूको पूर्तिमा सम्पूर्ण सम्पत्ति उसले उडाएको थियो । उसका आफन्तहरुले, चित्त दुखाएर सल्लाह दिँदा, कसैका सल्लाह पनि उसले सुनेन, उसका लागि ती सल्लाह थिएन र मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने तिमीहरू को हौ ?” भन्दै हकारेको थियो ।

स्वास्नीका आकाङक्षाहरू सिँढी नाघेर आकाशमा उडिरहेका थिए, हातगोडा फैलाएर आकाशभर फैलँदै थिए, स्पुतनिक बनेर बतासिँदै थिए । त्यही पखेटामा सम्पूर्ण आर्जन, जग्गा जमिन, जायजेथा उडिरहेको थियो । तापनि स्वास्नीलाई केही पुर्‍याउन सकिनँ भन्ने मनोग्रन्थीले ऊ पीडित हुन्थ्यो । त्यो पीडालाई अरू लात हानेर, हुतीहारा, नामर्द भनेर अरू मर्माहत ताडना स्वास्नी उसलाई दिन्थी । यो सबै ठीकै हो भनी ऊ स्विकार्थ्यो।

आज ऊ अन्तरीक्षबाट एकैचोटि जमिनमा खस्न आइपुगेको छ । स्वास्नीका अनन्त इच्छामध्ये अर्कै लोग्ने टिपेर हिँड्ने इच्छालाई भने उसले स्विकार्ने सकिरहेको छैन । यो कसरी भयो ? किन भयो ? अझै ऊ आफैँलाई प्रश्न गरिरहेछ । अझै आफैँभित्र कमी, कमजोरी हुन सक्ने सोचले पीडित बनिरहेछ ।

ऊ फेरि चुरोट सल्काउँछ, कोठामा नाङ्गै ओहोरदोहोर, ओहोरदोहोर गरिरहेछ । छिनछिनमा हात गुप्ताङ्गमा लैजान्छ र आफ्नो सामर्थ्यको परीक्षा लिन खोज्छ । उसको साथी आज उसको साथी नभएर प्रतिद्वन्द्वी भएर उसको आँखाअगाडि नाचिरहेछ, उसलाई गिज्याइरहेछ –

“एउटी स्वास्नीलाई पनि सन्तुष्टि दिन नसक्ने नामर्द ! वीर भोग्या बसुन्धरा, म वीर थिएँ, मैले भोगेँ ! अब बिर्सिदे, तेरी स्वास्नी अब मेरी भइसकी ।”

उसलाई साथीको छातीमा पिस्तोल तेर्साउन मन लाग्छ । लुटाहा र फटाहाको जगजगी बढिरहेको बेला उसले साथीलाई चिन्न सकेनछ । उसकी स्वासी त्यसैसँग हिँडेकी हुनुपर्छ । यो आशङ्काको जाँच लिन साथीको घरमा जाँदा त्यहाँ ताला लागेको थियो । यो आशङ्का वास्तविकता नै हो भन्ने उसलाई लागेको छ ।

हातमा खुकुरी लिएर झ्वाम्मै उसलाई हानूँजस्तो भएर आउँछ उसलाई । जार काट्नु अपराध होइन, कानुनले के गर्न सक्छ ! यिनै प्रश्नहरूको भूमरीमा ऊ रन्थनिरहेछ ।

चुरोट सिद्धिसकेको छ र फेरि ऊ अर्को चुरोट सल्काउँछ । चुरोटको धुवाँ स्वास्नीको तस्बिरमा फुक्दै ऊ भट्भटाउँछ

“बाहिर सन्तुष्टजस्तै देखिने तेरो भित्र कसले, कहिलेदेखि जहर घोल्यो ? तेरो

विषाक्त फणाले मेरो घरबार किन डसिस्‌ तैँले । वतँलाई मेरो परवाह भएन, छोरीको माया भएन । तँलाई कति दिन त्यसले सन्तुष्ट पार्न सक्छ, हेरूँ म पनि । तँभित्रको बढवानललाई कतिदिन शान्त पार्न सक्छ त्यसले” ?

बाहिर ढोका खोलेको आवाज आउँछ, फ ढोकातिर हेर्छ । ढोकामा काम गर्ने साहिँली उभिएकी हुन्छे । मालिकको त्यो नाङ्गो रूप देखेर साहिँली झस्कन्छे र आँखा छोप्छे।

ऊ साहिँलीको हात समात्दै तान्दै भन्छ –

“किन आँखा लोप्छेस, हेर मेरो सर्वाड्ग शरीरलाई, यति कसिलो आकर्षक जिउ तेरो लोग्नेको थियो ! छोएर हेर” ऊ अझ तान्छ। साहिँली आश्चर्य, डर, आकर्षणमिश्रित आँखाले उसलाई हेर्छे।

“के हेर्छेस् । तेरो लोग्नेले तँलाई छोड्यो हैन ? के भो त तँ पनि अर्को लोग्ने पाउन सक्छेस्‌ । म छु तेरो लागि, तँ धन्दा नमान्‌ ।”

ऊ अकस्मात्‌ साहिँलीका लुगा फुकाल्न थाल्छ । साहिँली अलमल्ल पर्छ । उसको साहेब जसलाई ऊ चोरीचोरी हेर्थी । बाहिर निस्कँदा र भित्र पस्दा उसको गगल्स लगाएको सुन्दर अनुहार र आकर्षक व्यक्तित्वबाट ऊ आकर्षित भएकी थिई, तर ऊ मालिक र आफू नोकर, स्तरको ठूलो खाडलबिचमा थियो, सामाजिक मर्यादाको तगारोले सधैँ छेकेको हुन्थ्यो । मालिकको परिवार थियो र ऊ एक्ली ।

लोग्ने अर्कै स्वास्नी लिएर बसेर उसलाई निकालेपछि, ऊ त्यस घरमा काम गर्न थालेकी हो । ऊभित्र पनि एउटा प्रेम थियो, जुन लोग्नेद्वारा भताभुङ्ग भई अलपत्र परेको थियो । उसले मनमनले उसको मालिकलाई प्रेम गर्न थालेकी थिई, यो कुरा कसरी उसको मालिकले थाहा पायो ।

आज ऊ साहिँलीको प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरिरहेछ । साहिँली प्राप्त गर्न चाहेको कुरा आफ्नै अगाडि प्रस्तुत हुँदा नकार्न सकिरहेकी छैन । मालिक्नी घरमा नभएको अवसरको उपयोगलाई ऊ स्विकारिरहेकी छे ।

तर अकस्मात्‌ यस्तो घटना कसरी घटेको ? साहिँलीको मनमा आश्चर्य र प्रश्न प्रतिप्रश्नहरू ओइरिरहेछन्‌ ।

तर यसबखत ऊ प्रश्न सोधिरहेकी छैन, मात्र स्विकारिरहेकी छ। उसको व्यक्त हुन नसकेको आन्तरिक चाह पूरा हुँदैछ । यो एउटा संयोग हो या भगवानले उसको इच्छा पूरा गर्न पठाएको देवदूत हो उसको मालिक ।

ऊ साहिँलीका सम्पूर्ण लुगाहरू फुकालेर भुईँमा फ्याकिदिन्छ; उचालेर पलङमाथि पछार्छ र एउटा आँधीजस्तो भएर साहिँलीमाथि घोप्टिन्छ । दुई हातहरूले दुई मांसपिण्डलाई यसरी माड्छ मानौँ त्यो मासु होइन, पिठोको डल्लो हो – मुछेको पिठोको डल्लो – बेल्न तयार पारेको गोलो डल्लो ऊ ञ बेसरी माडिरहन्छ ।

साहिँली आँखा लोलाइरहन्छे, न त उसमा पीडा छ, न दु:ख छ, न यातना छ, न ऊ नकारिरहिछ । एउटा लामो समयदेखि पर्खिरहेको इच्छाको तृप्ति उसको अनुहारमा झल्किरहेछ ।

 

 

आवेग, अतृप्ति, आक्रोश सम्पूर्ण ऊ साहिँलीमाथि पोखिरहेछ । शिवको रौद्ररूपको उन्मत्त भैरव बनिरहेछ ऊ । पलङ लच्किएको आवाजले लाग्छ, पलङ भाँचिदैछ । तर साहिँली भाँचिन सक्तिन, भाँचिनुको पीडाबोध ऊसँग छैन । यस्तो पीडाको सेकाइमा ऊ अरू सेकिन चाहन्छे, अरू डामिन चाहन्छे; अरू थिचोरिन र निचोरिन चाहन्छे ।

एउटा छालको आवेग ठक्कर खाएर फर्किएझैँ गरेर ऊ साहिँलीको शरीरबाट केही शिथिल भएर बिछ्यौनाको भित्तातिर हेसिन पुग्छ ।

साहिँली जुरुक्क उठेर लुगाहरू टिपेर आफ्नो कोठातिर लाग्छे । कोठामा पुगेर लामो सास तान्छे । साहिँली आफूभित्र कस्सिएर बसेको गाँठो फुकेजस्तो, कतै अड्किएको ढुङ्गो फुटेर खसेजस्तो, भारी टाउको शीतल भएको अनुभव गर्छे ।

मालिकप्रति उसको प्रेमको सागर अनायास उर्लिएको ऊ अनुभव गर्छै । उसले यस्तो घटना पनि घट्न सक्छ भनेर कल्पना पनि गरेकी थिइन । मालिकलाई देखेर ऊ जति भित्रभित्रै आकर्षित हुन्थी, मालिक उसले कल्पना गरेजस्तै उसले अनुभव गरी ।

यस्तै घटना बारम्बार घटिरहोस्‌ भन्ने चाहनाको बाधाको रूपमा उसकी मालिक्नीको उपस्थिति हुन सक्थ्यो । तर अनिश्चित भविष्यको सम्भाव्यप्रति ऊ चिन्तित हुन चाहदिन । तर मालिक्नी अब नफर्किउन्‌ भन्ने मन भित्रभित्रै ऊ कामना गर्छे ।

“ए तँ कहाँ गएकी ? यता हेर” यो उसको मालिकको आवाज हो ।

साहिँली छिटोछिटो लुगा लगाएर कोठाभित्र पस्छे ।

मालिक मायालु आवाजमा सोध्दै हुन्छ –

“के तँ मलाई मन पराउँछेस्‌ ? भन्‌ साहिँली तँ सन्तुष्ट भइस्‌ ?? मलाई नढाँटी भन्‌, मैले तँलाई सन्तुष्टि दिन सकेँ ??” रुन्चे आवाजमा गलित भएर उसको मालिक सोधिरहेछ ।

उसलाई आश्चर्य लाग्छ, किन यस्ता प्रश्न ऊ सोधिरहेछ ।

उ स्वीकृतिको टाउको हल्लाउँछै र मुसुक्क हाँस्छे । सबै राम्रो र रमाइलो भएर आएको छ साहिँलीलाई ।

एकछिनको समुद्री आँधी शान्त भयो । एकछिन अघिको भूकम्प स्थिर भयो ।

समुद्रमा गोता मारेको उसले साहिँलीलाई पायो । साहिँली अर्थात्‌ आँधी थाम्ने सहारा ! आकाशबाट खस्न लागेको बादल थाम्ने सहारा । धमिराले खाएको मन र एसिड पोखिएको छाती लिएर ऊ सहाराकै लागि पर्खिरहेछ । भूकम्पभित्र पुरिएको मानिस भएर ऊ सास फेरिहेछ । …

“साहिँली !” अनायासै ऊ बर्बराउँछ । हराएकी स्वास्नीलाई ऊ कसरी खोजोस्‌ कहाँ

खोजोस्‌ ? असफल प्रयत्न ! फेरि ऊ बर्बराउँछ – “साहिँली !”

आँधी थामिएपछि ऊ थकितिथकित र गलित भइसकेको थियो ।