• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

महिला भलिबल: नेपाल भारतसँग पराजित



काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।  भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो ।

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो ।

खेलको तेस्रो सेटमा नेपालले पुन: २५–२३ बनायो भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो । रासस