७ भाद्र २०८३, आईतवार
,
Latest
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा स्पेनिस क्लब रियलले इटालीयन क्लब नापोलीलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो । खेलको १९ औं मिनेटमा लिओ स्क्रि ओस्टीगार्डले गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । ३४ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै रियललाई २–१ गोलले अगाडी बढाए । यता, ५४ औं मिनेटमा पिओटर जिलिन्स्कीले पेनाल्टीमा गोल गर्दै नापोलीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ७८ औं मिनेटमा डी–बक्स भन्दा बाहिरबाट रियलका भाल्भर्डेको सशक्त प्रहार पोस्टमा लागेर फर्किँदै नापोलीका गोलकिपर एलेक्स मेरेटलाई लागेर गोल हुन पुग्यो र रियल खेलमा विजयी भयो ।

यो नतिजासँगै समूह सी मा लगातार दोस्रो जित निकालेको रियल ६ अंक अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नापोली २ खेलबाटै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहमा भएको अर्को खेलमा पोर्चुगीज क्लब एससी ब्रागाले जर्मन क्लब युनियन बर्लिनलाई उसकै मैदानमा ३–२ गोलले पराजित गर्यो । ब्रागा ३ अंकका साथ तेस्रो र अंकविहिन बर्लिन पुछारमा रहेको छ ।