४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी जंगलबाट हराएका पाँच बालबालिकाको सकुशल उद्दार



अ+ अ-

काठमाडौं ।  शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई उद्धार गरिएको छ । 

प्रहरीले उनीहरुलाई शनिबार मध्यरातमा सकुशल उद्दार गरेको हो ।

उद्धार गरिनेमा चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङ रहेका छन् । 

प्रहरीले उनीहरुलाई मध्यराती सवा १ बजे जंगलमा फेला पारि आफन्तको जिम्मा लगाइएको हो । 

बालबालिकाहरु हिजो दिउँसो हिउँ खेल्न चन्द्रागिरी गएको र सम्पर्कविहीन भएको सूचना राती साढे ८ बजे प्रहरीले पाएको थियो ।

सूचना पाएलगत्तै डीएसपी डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीकासहित ३७ जना प्रहरीको टोलीले ५ घण्टा लामो प्रयासपछि बालबालिकालाई सकुशल फेला पारेको प्रहरीले जनाएको छ ।