३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धेरै भोकाएका भेँडाहरुले घाँस हो भनी १०० किलो गाँजा खाएपछि…

धेरै भोकाएका भेँडाहरुले घाँस हो भनी १०० किलो गाँजा खाएपछि…
अ+ अ-

एजेन्सी । ‘भोकले जुठो भात जान्दैन, मस्त निद्राले भाँचिएको खाट थाहा हुँदैन ।’ यो उखान हालै सामाजिक सञ्जालमा भाइरल भएको एउटा केसमा एकदमै फिट हुन्छ । जसको बारेमा थाहा पाएर तपाई पनि छक्क पर्नुहुनेछ ।

वास्तवमा, ग्रीसमा भोकाएका भेँडाहरूको समूहले घाँसको रूपमा १०० किलोग्राम गाँजा खाए । भेडाको बगालको यस्तो कार्य देखेर गोठालो पनि चिन्तित भए । अहिले यो विषयले सामाजिक सञ्जालमा चर्चा कमाएको छ ।

मानिस होस् वा जनावर, सबैलाई भोक लाग्छ र भोक लाग्दा सबैको स्वाद मिठो हुन्छ । सायद ग्रीसका यी छट्पटिएका भेँडाहरूका बथानमा पनि त्यस्तै भयो, जसले गाँजाको खेतीबाट आफ्नो पेट भरे । यो पोस्ट सामाजिक सञ्जाल प्लेटफर्म @smartertapping नामक एकाउन्टद्वारा सेयर गरिएको हो ।

 

पोस्ट सेयर गर्दै क्याप्सनमा लेखिएको छ, ‘भोका भेडाको बथानले गाँजाबाट औषधी उत्पादन गर्ने ग्रीनहाउसमा पसेर यसको ठूलो भाग चर्यो ।’

वेबसाइटका अनुसार यो केस म्याग्नेशियाको अल्मिरोस सहर नजिकै रहेको ग्रीन हाउससँग सम्बन्धित छ । जहाँ भेडाले गाँजा खाएपछि ‘अनौठो व्यवहार’ देखायो । केही समयपछि गोठालोले भेडाले गाँजा बालीको ठूलो भाग खाएको थाहा पाए ।

‘हास्ने कि रुने थाहा छैन । गर्मीका कारण हाम्रा धेरै उत्पादन नष्ट भएका छन् । हामीसँग बाढी आयो र हामीले लगभग सबै कुरा गुमायौं र अब यो भेँडाको झुण्ड ग्रीनहाउसमा गयो र बाँकी रहेको खायो । इमानदारीपूर्वक मलाई के भन्ने थाहा छैन । बाढीले भेडा र अन्य जनावरहरू मारेका छन् ।’ ग्रीनहाउसका मालिकले भने ।

मध्यग्रीसमा हालै आएको घातक बाढीबाट अन्य धेरै जनावरहरू लगायत भेडाहरू पनि क्षतिग्रस्त भएका छन् । थेसली र मध्य ग्रीसका केही भागहरूमा बाढीले १० लाख भन्दा बढी जनावरहरू मारेका थिए । बाढीले यस क्षेत्रको मात्र नभई सिंगो देशको कृषि उत्पादनमा ठूलो क्षति पुर्याएको छ ।