२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै भोकाएका भेँडाहरुले घाँस हो भनी १०० किलो गाँजा खाएपछि…



अ+ अ-

एजेन्सी । ‘भोकले जुठो भात जान्दैन, मस्त निद्राले भाँचिएको खाट थाहा हुँदैन ।’ यो उखान हालै सामाजिक सञ्जालमा भाइरल भएको एउटा केसमा एकदमै फिट हुन्छ । जसको बारेमा थाहा पाएर तपाई पनि छक्क पर्नुहुनेछ ।

वास्तवमा, ग्रीसमा भोकाएका भेँडाहरूको समूहले घाँसको रूपमा १०० किलोग्राम गाँजा खाए । भेडाको बगालको यस्तो कार्य देखेर गोठालो पनि चिन्तित भए । अहिले यो विषयले सामाजिक सञ्जालमा चर्चा कमाएको छ ।

मानिस होस् वा जनावर, सबैलाई भोक लाग्छ र भोक लाग्दा सबैको स्वाद मिठो हुन्छ । सायद ग्रीसका यी छट्पटिएका भेँडाहरूका बथानमा पनि त्यस्तै भयो, जसले गाँजाको खेतीबाट आफ्नो पेट भरे । यो पोस्ट सामाजिक सञ्जाल प्लेटफर्म @smartertapping नामक एकाउन्टद्वारा सेयर गरिएको हो ।

 

पोस्ट सेयर गर्दै क्याप्सनमा लेखिएको छ, ‘भोका भेडाको बथानले गाँजाबाट औषधी उत्पादन गर्ने ग्रीनहाउसमा पसेर यसको ठूलो भाग चर्यो ।’

वेबसाइटका अनुसार यो केस म्याग्नेशियाको अल्मिरोस सहर नजिकै रहेको ग्रीन हाउससँग सम्बन्धित छ । जहाँ भेडाले गाँजा खाएपछि ‘अनौठो व्यवहार’ देखायो । केही समयपछि गोठालोले भेडाले गाँजा बालीको ठूलो भाग खाएको थाहा पाए ।

‘हास्ने कि रुने थाहा छैन । गर्मीका कारण हाम्रा धेरै उत्पादन नष्ट भएका छन् । हामीसँग बाढी आयो र हामीले लगभग सबै कुरा गुमायौं र अब यो भेँडाको झुण्ड ग्रीनहाउसमा गयो र बाँकी रहेको खायो । इमानदारीपूर्वक मलाई के भन्ने थाहा छैन । बाढीले भेडा र अन्य जनावरहरू मारेका छन् ।’ ग्रीनहाउसका मालिकले भने ।

मध्यग्रीसमा हालै आएको घातक बाढीबाट अन्य धेरै जनावरहरू लगायत भेडाहरू पनि क्षतिग्रस्त भएका छन् । थेसली र मध्य ग्रीसका केही भागहरूमा बाढीले १० लाख भन्दा बढी जनावरहरू मारेका थिए । बाढीले यस क्षेत्रको मात्र नभई सिंगो देशको कृषि उत्पादनमा ठूलो क्षति पुर्याएको छ ।