• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

एसियाली खेलकुद: ब्याडमिन्टनमा नेपालकी रसिला प्रिक्वाटरफाइनलमा



फाईल फोटो

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला एकल प्रतियोगितामा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन् ।

मंगोलियाकी खेलाडीलाई सोझो सेटमा पराजित गर्दै रसिलाले अन्तिम १६ मा स्थान बनाएकी हुन् ।

यता नेपाल कै अनुमाया राई भने अगाडि बढ्न सकिनन् । उनी थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा पराजित भएकी हुन् ।

यसअघि एकल पुरुष मा नेपालका दुवै खेलाडी अन्तिम ६२ अर्थात पहिलो चरणबाटै बाहिरिएका थिए। महिला डबल्समा पनि दुवै जोडी अन्तिम ३२ बाटै बाहिरिएका छन्। निता लम्साल र नंशल तामाङको जोडी ताइपेईसँग तथा अनुमाया राई र रसिला महर्जनको जोडी इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो।