५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यविन्दु अस्पताल : १५ शय्याको दरबन्दी , ५० शय्यामा स्तरोन्नति हुँदै ७२ शय्याको सेवा दिँदै



अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र शय्याको अस्पताल भए पनि हाल ७२ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताउनुभयो । अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको उहाँको भनाइ छ । “हामी १५ शय्याको दरबन्दीमा चलेका छौँ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ”, मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भन्नुभयो, “आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निकै मुस्किल भएको छ ।”

उहाँका अनुसार १५ शय्याको अस्पतालका रूपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । यसमध्ये हाल जम्मा १४ जनामात्रै जनशक्ति रहेका छन् । हाल स्वीकृत शय्याको जनशक्ति पूरा गरी अस्पतालाई कम्तीमा सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने गरी स्रोत र जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ । अस्पतालमा ज्यालादारी र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा कँडेलले बताउनुभयो । अस्पतालको भौतिक संरचनादेखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाप उल्लेख्य बढेको छ । विसं २०७७/७८ मा २२ हजार तीन सय ६१ जनाले सेवा लिएकामा गत आवमा ९० हजार सात सय ५६ जनाले सेवा लिएका छन् । यो गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा सङ्ख्यामध्ये सबैभन्दा धेरै हो । बिरामीको चाप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले अन्य जिल्ला अस्पतालसरह हेरेरमात्रै मध्यविन्दु जिल्ला अस्पतालको विकास हुन नसक्ने उहाँको भनाइ छ । “अन्य अस्पताल २०–२५ वर्षअघिदेखि सञ्चालनमा छन्, अहिले तिनीहरू सरह गर्दा भर्खर नयाँ अस्पतालले कसरी आफूलाई माथि उठाउने”, मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले यस अस्पताललाई अन्य सरह पुर्याउन सकारात्मक विभेद गर्न आवश्यक छ ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरे अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुहुन्छ । “विसं २०७५ मा जिल्ला अस्पतालका रूपमा घोषण भएकामा पाँच वर्षसम्म १५ शय्याको जनशक्ति पूरा हुन सकेन । बिरामीको चाप बढ्दो छ, बाध्यताले शय्या थप गर्नुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ”, उहाँले भन्नुभयो ।

जनशक्ति कमी हुँदासमेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरे बताउनुभयो । अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भए पनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरणलगायतको कमीले समस्या रहेको उहाँको भनाइ छ । जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । रासस




भर्खरै